टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

शेयेर गर्नुहोस

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे ।

टीकापुर नगरपालिकाका उप प्रमुख केशरि रावल बिष्टकाे स्वागत मन्तव्य संगै शुरु भएको सम्मेलनमा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अथिति रहनु भएको थियाे ।  

प्रमुख अथिति रावलले वरघर/भलमन्सा प्रणालीलाइ संरक्षण गरि दिगाे रुपमा निरन्तरता दिन र वडघर प्रथाकाे संस्थागत विकास गर्न सम्मेलन गरिएको बताउनुभयो । वर्षाै देखि थारु समुदायमा बरघर/ भलमन्सा र चिराकि प्रथा रहे पनि उनिहरुले कानुनी मान्यता नपाएकाे अवस्थामा अब टीकापुर नगरपालिकाले ऐन बनाएर कानुनि मान्यता दिइने रावलले बताउनुभयाे ।

 बरघर/ भलमन्सा सम्मेलन मुल आयाेजक समितिका संयाेजक तथा टीकापुर, ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे अध्यक्षतामा सम्मेलन भएको थियाे ।  संयाेजक थारुले बरघर तथा चिराकिहरुकाे हकहित, संरक्षण तथा कानुनि मान्यताका साथ उनिहरुकाे संस्थागत विकासको लागि सम्मेलनकाे आयाेजना गरेकाे बताउनुभयाे ।

 बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा प्रसाद चाैधरी विशिष्ट अथिति रहनुभएकाे कार्यक्रममा राप्रपा नेपालका गजेन्द्र बहादुर शाह, नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, जसपाका  प्रदेश सदस्य दिनेश कुमार थारु, समाजसेवी लक्ष्मण किशाेर चाैधरी,राजि साल्म समाजका चित्र बहादुर राजी, समाजसेवी लालविर चाैधरि, कार्यपालिकाका सदस्य डम्बर बहादुर राजी, । कार्यक्रम संचालन वडा नम्बर ३ का वडा अध्यक्ष रामसेवक महत्ताेले गर्नुभएको थियाे । 

सम्मेलनमा प्रस्तावित टीकापुर नगरपालिकामा रहेका बरघर प्रणाली संरक्षण, प्रवर्दधन र विकास गर्न बनेकाे विधेयक, २०७८ माथि छलफल गरिएको थियाे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !