मुख्यमन्त्री कार्यालयमा धर्नामा बसे वनरक्षक

शेयेर गर्नुहोस


सुखड/वनरक्षक कर्मचारीहरु सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा धर्नामा बसेका छन् । प्रदेशका नौ वटै जिल्लाका वनरक्षक कर्मचारीहरु विभिन्न माग राख्दै दवाबस्वरुप धर्नामा बसेका हुन् ।

वनरक्षक कर्मचारीलाई सहायक तेस्रो तह कायम गरि सोही अनुसारको सेवा सुविधा दिनुपर्ने उनीहरुको माग रहेको छ । आन्दोलनका संयोजक रामसिंह धामीका  अनुसार अन्य छ वटै प्रदेशमा सहायक तेस्रो तह कायम गरि सोही अनुसारको सेवा सुविधा दिइँदै आएको र सुदूरपश्चिममा त्यो लागू हुन सकेको छैन् ।

‘अन्य प्रदेशका वनरक्षक कर्मचारीको तेस्रो तह कायम भएर सोहीअनुसारको सेवा सुविधा पाइसकेका छन्’,आन्दोलनरत कर्मचारी लक्ष्मण धामीले भने ‘हामी सुदूरपश्चिममा सात सय कर्मचारी भएर पनि अहिलेसम्म न तेस्रो तह कायम भयो,न त न त्यो अनुसारको सेवा सुविधा उपलब्ध गरायो ।’
पटक पटक मुख्यमन्त्री कार्यालय धाउँदा तथा आन्दोलन गर्दा पनि मागको सुनुवाइ नभएको उनले बताए । ‘हामीले मुख्यमन्त्री कार्यालयमा ८ महिना अगाडि ज्ञापनपत्र बुझाएका थियौँ’,उनले भने ‘अहिलेसम्म कुनै सुनुवाइ भएन् । अहिले शान्तिपूर्ण धर्नामा बसेका छौँ ।’

त्यस्तै,प्राविधिक तथा अप्राविधिक दुवैतर्फ ३ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने,५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वतः चौथो तहमा तह वृद्धि गर्नुपर्ने उनीहरु माग राखेका छन् ।

अन्य निजामति कर्मचारीले पाउने अध्ययन बिदासरह विदा वनरक्षक कर्मचारीले पनि पाउने व्यवस्था गर्नुपर्ने,प्रत्येक सब–डिभिजन वन कार्यालयमा कम्तीमा एक जना फरेस्टर पदको दरबन्दी कायम गर्नुपर्ने उनीहरूको माग छ । माग पूरा नभएसम्म आन्दोलन गरिने तथा माग पूरा नभए आन्दोलनको स्वरुप परिवर्तन गरिने उनीहरुले बताएका छन्

ताजा खबर

Jackpots de Roleta: Tudo o que Precisas Saber

Consistent practice involving bluffbet builds poker skills and enhances winning potential

Essential travel tips for exploring Mexico with 5 gringos and confidence

Erheblicher Einfluss und innovative Unterhaltung im rocket spin casino

मुख्यमन्त्री कार्यालयमा धर्नामा बसे वनरक्षक

American Roulette Online USA No Registration: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !