TRENDING

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ९ महिनामा ३,७६७ पर्यटक, २० लाखभन्दा बढी राजस्व संकलन

शेयेर गर्नुहोस

धनगढी/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको असोजदेखि जेठ मसान्तसम्म ३ हजार ७ सय ६७ जना आन्तरिक तथा विदेशी पर्यटकले भ्रमण गरेका छन्। पर्यटक आगमनसँगै निकुञ्जले २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।


निकुञ्ज कार्यालयका अनुसार उक्त अवधिमा ३ हजार ३ सय २५ जना आन्तरिक, ३ सय १६ जना सार्क मुलुकका तथा १ सय २६ जना अन्य विदेशी पर्यटक निकुञ्ज पुगेका छन्। भ्रमण गर्नेमध्ये १ हजार ४ सय ९६ महिला र २ हजार २ सय ७१ पुरुष रहेका छन्।


गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २ सय ८४ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। यस वर्ष पर्यटक संख्या केही बढे पनि अपेक्षाअनुसार वृद्धि हुन नसकेको निकुञ्जको भनाइ छ।


निकुञ्जका संरक्षण अधिकृत विनय झाका अनुसार प्रचार–प्रसारको कमी, पर्याप्त भौतिक पूर्वाधारको अभाव तथा बाह्रै महिना सफारी सञ्चालन गर्न सकिने सडक नहुँदा पर्यटक आकर्षित गर्न चुनौती रहेको छ। पछिल्लो समय हात्ती सफारी पनि सञ्चालनमा नरहेकाले वर्षायाममा सफारी सेवा प्रभावित हुने गरेको उनले बताए।


“विगतको तुलनामा सफारी गराउने सवारी र नेचर गाइडको संख्या बढेको छ। दैनिक दुई–तीन वटा गाडीबाट सफारी भइरहेको छ,” संरक्षण अधिकृत झाले भने, “तर प्रचार–प्रसारको कमीका कारण पर्यटकको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन।”
उनका अनुसार आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा रहे पनि भारतीय पर्यटकलाई थप आकर्षित गर्न सके यस क्षेत्रको पर्यटन विकासले अझ गति लिनेछ।


३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कम क्षेत्रफलमा सबैभन्दा बढी बाघ पाइने संरक्षित क्षेत्रमध्ये एक हो। पछिल्लो गणनाअनुसार निकुञ्जमा ४३ वटा वयस्क बाघ रहेका छन्। यसअघि गरिएको गणनाअनुसार यहाँ २२ भन्दा बढी गैंडा, २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा तथा ३ सयभन्दा बढी कृष्णसार रहेका छन्।


निकुञ्जको ५४ वर्ग किलोमिटरमा फैलिएको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो। हजारौंको संख्यामा चरिरहेका बाह्रसिंगाको दृश्य यहाँ आउने पर्यटकका लागि मुख्य आकर्षण मानिन्छ।


यसका अतिरिक्त रानी ताल, सिकारी ताल र बाबा ताल पनि पर्यटकीय आकर्षणका केन्द्र हुन्। ती क्षेत्रमा बाघ, गैंडा तथा अन्य वन्यजन्तु पानी खान आउने भएकाले पर्यटकले सहजै अवलोकन गर्न सक्ने व्यवस्था रहेको छ।


संरक्षण अधिकृत झाले शुक्लाफाँटाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। साथै, निकुञ्ज भ्रमण गराउने पथप्रदर्शक (नेचर गाइड) को संख्या पनि पछिल्लो समय निरन्तर बढ्दै गएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

İnşaat sahəsində səmərəliliklə məşğul olmaq üçün mellstroy online platforması necə işləyir

Szlachetna rozrywka, od strategii do lemon casino, oferuje niezapomniane emocje dla graczy

Strategic investments leveraging fortunica for sustainable financial growth opportunities

Wyjątkowa oferta i rolldorado casino – Twoja brama do świata ekscytujących wygranych online

Magyar Online Casino azonnali regisztrációval és gyors játékkezdéssel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनको आम्दानी बन्दै “अम्रिसो खेती “

जमुना न्युरे,कंचनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– १ मा रहेको ऐश्वर्या सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा अम्रिसो खेती गर्दै आयका छ्न । अम्रीसो खेती सुरु

अझै पढ्नुहोस्