TRENDING
Гама казино онлайн – Gama Casino Online
Next
Prev

चार युवा वैज्ञानिक मुख्यमन्त्री शाहद्वारा सम्मानित

शेयेर गर्नुहोस


धनगढी, असार १४ – विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सुदूरपश्चिमका चार जना युवा वैज्ञानिकलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गर्नुभएको छ।


प्रदेश युवा परिषद्ले आइतबार धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा मुख्यमन्त्री शाहले नगद पुरस्कार तथा कदरपत्रसहित उनीहरूलाई सम्मान गर्नुभएको हो।
सम्मानित हुनेहरूमा कैलालीको टिकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा तथा कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन्।


यसअघि अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले नवप्रवर्तन तथा अनुसन्धान क्षेत्रमा सक्रिय युवाहरूलाई सम्मान गर्ने घोषणा गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सूचना प्रविधि र अनुसन्धानको क्षेत्रलाई युवासँग जोड्न आवश्यक रहेको बताउँदै सरकारले त्यसका लागि आवश्यक सहयोग र प्रोत्साहन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले समाज रूपान्तरण, सकारात्मक परिवर्तन र समृद्धिको यात्रामा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायतका वक्ताहरूले युवाको क्षमता अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनका लागि राज्यले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नारा जुलुससहित त्रिनगरका विद्यार्थीकाे आन्दाेलन जारी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षककाे माग गर्दै आन्दाेलन जारी राखेका छन् ।बुधबारदेखि उपमहानगर घेराउ गर्दै

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाह र नेपाल उद्योग वाणिज्य महासघ अध्यक्ष ढकाल बीच भेटवार्ता

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले

अझै पढ्नुहोस्
समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्