धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


धनगढी । धनगढीमा महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीच उच्च स्तरीय अन्तरक्रिया गरिएको छ ।


मिडिया एड्भोकेसी ग्रुप काठमाडौंको आयोजनामा “महिला राजनीतिकर्मी र सञ्चारकर्मीहरूसँगको मिडिया अन्तरक्रिया कार्यक्रम”भएको हो। कार्यक्रममा सुदुरपश्चिममा क्रियाशील रहेका महिला राजनीतिकर्मी,तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा मिडियाको भूमिका राज्यलाई खबरदारी गर्ने, झक्झकाउने र पहरेदारी गर्ने भएकाले महिला राजनीतिकर्मीहरूलाई पनि समान प्राथमिकता दिनुपर्ने छलफलमा जोड रहेको थियो। सहभागी राजनितीज्ञ महिलाहरूले मिडिया सरकारभन्दा अगाडि रहेर समाजलाई दिशा दिने माध्यम भए पनि महिला राजनीतिकर्मीहरू अझै पर्याप्त रूपमा मिडियामा नसमेटिएको गुनासो गरे।


छलफलका क्रममा महिला नेतृहरूका उपलब्धि अखबार, टेलिभिजन तथा अनलाइन मिडियामा कम महत्त्वपूर्ण स्थानमा राखिने, राजनीतिक समाचारमा पुरुष नेतालाई मुख्य पात्र र निर्णयकर्ता बनाएर बढी प्राथमिकता दिने, महिला नेतृहरूले गरेका योगदान कम रिपोर्ट हुने तथा कहिलेकाहीँ पुरुषलाई मात्र केन्द्रित गरिने आरोप रहेको थियो ।


पत्रकार र राजनीतिज्ञलाई छुट्टाछुट्टै समूहमा विभाजन गरेर गरिएको छलफलमा दुवै पक्षबीचको कम्युनिकेसन ग्याप नै मुख्य समस्या रहेको निष्कर्ष निकालिएको थियो। पत्रकारहरूले महिला राजनीतिकर्मीहरू समय नदिने, फोनमा बोल्न नमान्ने, भेटघाटमा सहज नहुने तथा विषयवस्तुबारे स्पष्ट धारणा नदिने समस्याका कारण समाचार संकलनमा कठिनाइ हुने बताएका थिए।

महिला राजनीतिकर्मीहरूले भने पत्रकारहरूले चिनेजानेकै आधारमा समाचार लेख्ने, सम्पादन तहमा महिला पत्रकारको पहुँच कम हुने तथा पुरुषलाई बढी प्रभावकारी पात्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको धारणा व्यक्त राखे।


सुशासनको पाटो सबैले मिलेर सुधार गर्नुपर्ने र मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड राजनितीज्ञ महिलाहरुको छ । राम्रो समाचारमा पुरुषलाई हाइलाइट गरिने तर नकारात्मक समाचारमा महिलालाई मात्र अगाडि ल्याइने प्रवृत्ति अन्त्य हुनुपर्ने अन्र्तक्रिमा गरिएको थियो ।


दुईपक्ष बिच नियमित संवाद र पारदर्शी सहकार्य आवश्यक कायम गर्न सम्पादन तहमा महिला पत्रकारको पहुँच वृद्धि र महिला नेतृहरूको समाचारलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रम मिडिया एड्भोकेशी ग्रुपका अनुसन्धानकर्ता उमेश पोखरद्धारा सञ्चालन गरिएको थियो भने ग्रुपका सदस्य तथा लैगिक हिंसा प्रतिकार्य बिज्ञ,महिला समुत्थान परियोजना र सामाजिक विकास मन्त्रालयमा आबद्ध मेनुका बस्नेत बिष्टले सहजिकरण गरेका थिए ।

ताजा खबर

Roulette Low Stakes Australia High RTP: A Comprehensive Review

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीद्धारा ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्
समाचार

जन्डिसका कारण टीकापुर ८ का ठकुल्लाकाे निधन

सत्ति /टीकापुर ८ का हरि ठकुल्लाकाे जन्डिसका कारण निधन भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा

अझै पढ्नुहोस्