सुखड/कैलाली क्षेत्र नम्बर -३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन्।

जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार बिरमान चौधरी ले ११ हजार ९८३ मत प्राप्त गरेका छन्।

२०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेशसभा निर्वाचनमा साबिक माओवादीबाट निर्वाचित भएका थिए। तर यसपटक भने उनी पराजित भएका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिम बडुवाल ले ९ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपा ९एमाले० का उम्मेदवार गौरीशंकर चौधरी ले ४ हजार ७५२ मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरी ले ६ हजार ७४७ मत प्राप्त गरेका छन्।
२०७४ र २०७९ सालमा भजनी नगरपालिका–३ को वडा अध्यक्षमा विजयी भएका उनी यसपटक प्रतिनिधिसभा सदस्यमा पराजित भए ।
निर्वाचन अधिकृत पुष्कलराज पर्साइ का अनुसार यस निर्वाचन क्षेत्रमा कुल ६० हजार २९४ मत खसेको थियो।







