फितलो व्यवस्थापन र हा हुँ को बिच सकियो रास्वपाको सुदूरपश्चिम परिवर्तन उद्घोष सभा

शेयेर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को परिवर्तन उद्घोष सभा धनगढीमा सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित गरेर धनगढीमा परिवर्तन उद्घोष सभा गरेको हो ।

धनगढीको परिवर्तन उद्घोष सभालाई पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) , पार्टीका सभापति रवि लामिछाने लगायत सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

उम्मेदवारहरुले सुदुरपश्चिम बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पार्टीको रहेको अब हामीलाई जिम्मेवारी दिनुस् भनेर सम्बोधन गरेका थिए। यस्तै पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहाले स्वतन्त्र पार्टी सुदूरपश्चिममा भोट माग्न आएको होइन, काम माग्न आएको हो; काम दिनुस् , हाम्रा पार्टीका उम्मेदवारहरूलाई काम दिएर पठाउनुस्। भोट नदिए पनि काम दिनुस् भन्ने आशयको सम्बोधन वरिष्ठ नेता शाहले गरेका थिए।

सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थलको विकास गर्न पनि अब राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहने छ भन्ने उनको भनाइ थियो। उनले काठमाडौँसँग सुदूरपश्चिम नभई सुदूरपश्चिमसँग काठमाडौँ जोड्नुपर्ने बताएका थिए। तर मञ्चमा थोरै बोलेका वरिष्ठ नेता शाहको सम्बोधनलाई भन्दा सहभागी कार्यकर्ता हरूले उनको व्यक्तित्वलाई बढी ध्यान दिएको देखिन्थ्यो। साथै मञ्चमा बोल्दै बालेन शाहले नेपालीहरू माल पाएका तर चाल नपाएका भन्दै व्यङ्ग्य समेत गरेका थिए।

यस्तै पार्टी सभापति रवि लामिछानेले भ्रष्टाचारपूर्ण नियन्त्रण गर्ने भए राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रत्यक्ष र समानुपातिकमा जिताएर पठाउनुपर्ने बताएका थिए। उनले भने ‘के त हामीहरूको सटर बन्द गर्नुस् के त ती पुराना पार्टीहरूको सटर बन्द गर्नुस् भन्दै व्यङ्ग्यात्मक अभिव्यक्ति मञ्चमा प्रस्तुत गरेका थिए। जनताको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गरिनुपर्छ भन्दै पार्टी सभापति लामिछानेले मञ्चमा सम्बोधन गरेका थिए।

के के देखियो त रास्वपाको परिवर्तन उद्घोष सभामा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको धनगढीमा आफ्नो परिवर्तन उद्घोष सभा सम्पन्न गरेपनि व्यवस्थापन लगायतका पक्षमा भने चुकेको देखियो । ११ बजेदेखि सुरु गर्ने र १ बजे कार्यक्रम समापन गर्ने गरी निकालेको समयतालिकाको कार्यान्वयन भने भएन । बिहान कार्यक्रम उद्घाटन नहुँदै स्वागत गेट ढल्नदेखि लिएर मञ्च व्यवस्थापनमा समेत ध्यान नदिएको देखियो।

पहिला मञ्चमा कोही नबस्ने सबै मञ्चको अगाडि दायाँ र बायाँ बस्ने भनेर प्रस्तावित गरिएको भएपनि पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहको आगमनसँगै आएको जमातले गर्दा रास्वपाको परिवर्तन उद्घोष सभा महोत्सवको मनोरञ्जन सभा जस्तो हुनपुग्यो।

यस्तै मञ्चमा समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरूले आफ्नो मन्तव्य राख्दै गर्दा कसैको पनि ध्यान मञ्चतिर थिएन। वरिष्ठ नेता शाह र पार्टी सभापति लामिछानेको पर्खाइमा बसेका कार्यकर्ताहरू सबै मञ्चतिर भन्दा पनि स्वागत गेट तर्फ केन्द्रित भएको देखियो ।

सञ्चारकर्मीको ठाडो अपमान

देशको मुलधार मिडियामा लामो समय देखि काम गर्दै आएका सञ्चारकर्मीहरुलाई भन्दा युट्युब च्यानलकर्मी, कन्टेन्ट क्रिएटरलाई बढि महत्व दिइएको थियो। दुःख गरेर फोटो भिडियो खिच्दै गरेका आम सञ्चारकर्मीलाई आयोजकहरुले पटक पटक अपमान सहितका शब्दको प्रहार गरि रहेका थिए।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Platform Online

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

Framtiden för pokersidor utan svensk licens inom spelindustrin

“Established Site

How to File a Complaint at Royalen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग हो: मुख्यमन्त्री शाह

कैलाली /सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको सहज आवगमनलाई सहज बनाउन विभागिय मन्त्रालयलाई निर्देशन दिनु भएको छ । उद्योग, पर्यटन, वन

अझै पढ्नुहोस्