खरानीको परोपकार :कोमल पातली क्षेत्री

शेयेर गर्नुहोस

खरानी रङ अचाक्ली मन पराउने आस–एडको अमेरिकी धोबीघाट (वासिङटन डिसि) स्थित मुख्यालय रहेको छ। उक्त आस–एडले विश्वभरिका देशहरुमा निस्वार्थ, परोपकारी मनले गर्दै आईरहेको सहयोग र सहायताकै निरन्तरता स्वरुप दक्षिण एसियामा विस्तारै घिसिपिटी कनीकुथी गर्दै स्वासविहिन लासका बाकस संग कौडीको भाउमा बिनिमय गरेको विप्रषेणले छिपछिपे उज्यालो बन्दै गएको बिचरो नेपालको रातो रंग प्रतिको संकाको झुकाव लाई दिमाग माथि चोर औलाले स्पर्श गर्दा झसंग झस्कियो, उहि विश्वका अनेकौ देशमा उस्लाई मन पर्ने खरानी रगले रंगाउने पुनित परोपकारी प्रोजेक्ट गर्न यता कतै ढिला त भएन? दशै तिहारको शुभ मुर्हत अघि नै नेपाललाई खरानी रंगले रङगाउने प्लस रङगाईरहने परोपकारी प्रोजेक्ट लन्च गर्ने निधो भयो।


नाफाखोर ब्यापारी होस वा गैर व्यापारी , उत्पादन तथा सेवाको लागत किफायती नै मनपर्ने चाहे परोपकार गर्दा नै किन नहोस। केही समय अघि ईराक र अफगानस्तानलाई खरानी रंगले रंगाउने सोही परोपकारी प्रोजेक्ट गर्न उतै अमेरिका बाटै ब्रस, पेन्टर पठाउदा र पेन्टर बस्ने सेल्टर महगों पर्न गएको कुरा उसले बहिखाता पल्टाएर हेर्दा छर्लङगै दखिन्थ्यो नै, अर्काे तिर सामरिक सैद्धान्तिक बेरुजु आयो भनि स्पष्टिकरण पनि लेख्नु बोल्नु परेको थियो बिभिन्न सभा सम्मेलनहरुमा। स्पष्टिकरण चित्त नबुझेको भनि बारम्बार “ताकेता” आईरहन्छन, तर उस्ले बुज्छ “ताक यता” पनि ।


र त अमेरिका अब चाहन्नथ्यो परोपकारी प्रोजेक्ट गर्दा महंगो सोरसराबी वाला ईराकी अफगानी मोडेल । सन्नीकटै श्रीलंका र बंगलादेशमा उसैले अपनाएको किफायती जिन सार्प (Gene Sharp) मोडेल रामबाण थियो ।
ग्लोबल टेण्डर आह्वान भयो “नेपाललाई खरानी रंगले रङगाउने प्लस रङगाईरहने ”।

सर्तहरु :
१। पेन्ट खरानी रङकै हुनुपर्ने
२। खरानी स्थानिय र अर्गानिक हुनुपर्ने
३। ऐतिहासिक, पुरातात्विक र राष्ट्रिय सम्पदाबाट उत्पादित खरानी हुनुपर्ने
४। खरानीमा राज्यका तिनै अंग र संघियताको बासना मिसिएको हुनुपर्ने
५। भौगोलिक सामिप्यता राख्ने कम्पनी हुनु पर्ने (नोट : भुगोल, राजनीतिक, प्रविधिक, खुफिया लगायत अन्य ज्ञान हामी लादी हाल्छौ किस्ता किस्तामा )
६। श्रमिक स्थानीय, स्वतन्त्र, जान्ने तदनुसार सन १९९७ –२०१२ बिच जन्मेका युवाहरु नै हुनुपर्ने

दिल्लीको मित्रो ग्रुपले हात पार्यो उक्त ग्लोबल टेण्डर, जो साच्चिकै थियो पनि सो प्रस्ताबको मोनोप्सोनी (Monopsony)। उ पनि त पर्याे फेरि ठालु, पेटी ठेक्का कस्लाई दिने सोच्न थाल्यो। अघिल्ला पटक बिभिन्न स–साना काममा दानापानी लिएर पनि काम नगरेका, ढाटेका, आफनै प्रतिस्पर्धी अन्तराष्ट्रिय ठेकेदारका समेत पेटी ठेक्कामा लुकाईछिपाइ हात हालेका थरिथरिका बुढा ठेकेदारहरुको चित्र र चरित्र सम्झेर उस्को दिमागले गम खायो एक छिन त। अह यस्तो मार्जिनवाला संबेदनशिल ठेक्कामा त तिनको टङग सर्भिसले हुन्न।

त्यसैले उस्को दिमाग गयो चल्ताफुर्ता, उर्जावान, जाज्वल्य युवा ठेकेदारको खोजीमा। पेटी ठेक्का दियो – बल्लु भैया एण्ड भेन्चसर्। जो थिए उक्त देशकै राजधानी कान्तिपुरे नगरीमा ०७९ साल देखि ठेक्का पाएर राष्टिय स्तरको ‘ए क्लास ठेकेदार अन्डर कन्सट्रक्सन’ ।


ति बल्लु भैया उनै हुन जसले देबकोटाको कान्तिपुरे नगरीमा बनिसकेका पुलपुलेसा, बोटबिरुवाले पहिरिएका सिमेन्टका जुत्ते गमला, रेलिङग, पर्खाल र कहिल्यै गाडी तथा मानिस नर्छिेने शहिद गेटमा चुना लगाईरहेका ठेकेदार। उनको सो कार्य र उनलाई दिईएको पेटी ठेक्काको प्रकृति बिच कस्तो संयोग भयो भने देशलाई नै चुना लगाउनका लागि बल्लु भैया पहिल्यै देखि आफनो नगरीमा सो कामको वार्मअप गरीरहेका जस्तो देखिए।

हुन त पेटी ठेक्काका लागि थोरै पर पुर्व तिरका बंगुरे नगरीमा ०७९ साल देखि नै ठेक्कापट्टा गरिरहेका पत्थरे ठेकेदार पनि विकल्प नभएका त हैनन मित्रो ग्रुपका लागि – तर राजधानीका अगाडी बाँकी दुर्गम, बाकी तपशिल। सर्तहरु सक्कल बमोजिम नक्कल तेर्साउदै भयो ठेकेदार मित्रो ग्रुप र पेटी ठेकेदार बल्लु भैया एण्ड भेन्चर्स बिच सम्झौता ।

औकात, औलात र ओहोदा भन्दा माथिको अन्तराष्ट्रिय ठेक्का थाप्लोमा आएकोमा बल्लु भैया एक चोटी त आफै देखेर चित खायो र महेन्द्रे चश्मा खोलेर मोबाईलको सेल्फी क्यामेरा अन गरि अनुहार हेर्दै बाँया छातीको तल्लो भाग बाट बाँया हात उठाउदै जुल्फी मिलाउदै आफैले आफैलाई भन्यो “म मा पक्कै केही न केही कला देखेरै होलान……..” ।

त्यतिकैमा झल्यास्स सम्झयो ओहो खरानी रंग उत्पादन र रंगाउने हजारौको संख्यामा श्रमिकको जोहो गर्ने कुरा र सो को लागि फेसबुकबाटै आह्वान गर्नपर्छ भनि ठान्यो तर नाडीको घडी हेर्दा समय भएको थियो बल्ल साँझको पिउने पाँच, फेसबुक खुल्ने दश बज्न अझै पाण्डु घण्टा बाकी रहेछ। र कल लायो शैशव काल देखिको साथी महादेबलाई “म अहिले मेरो अफिसको लिफट बाट तल झर्दै आरती हेर्न पशुपतीको लागि निस्कन लागे भोलानाथ, शंकर, बिखेटार र केपिलाल लाई पनि कल गरेर उतै बोलाउ ल, अ साच्चै आरतीको लागि धुप चै अर्गानिक धादिङ तिरकै ल्याउ है”।

आरतीकै दौरान पाएको पेटी ठेक्काको बारेमा नि पेटी पेटी कुरा भयो साथीहरु बिच। आरती पश्चात थोरै पर गैरीगाउँ ओरालो निरको शुद्ध साकाहारी बाजेको भोजनालयमा मुस्ताङे आलु संगै मोही खादै गफिदै गर्दा गर्दै दश बज्न आटी सकेकोले बल्लु भैय्याले हत्तपत्त मोबाईल झिक्दै आरतीको धुपको धुवाले तिरमिराएका आखा मिच्दै आफनै बल्लु नामक आईडी बाट तिन लाईन तुरुक्क तुर्कायो “नेपालको मुहार फेर्न खरानी रंगले चिरिच्याट्ट पार्न आवो जवानो आवो” ।

तुरुन्तै छेउमै मोही खाईरहेको बिखेटारले आफुले चलाउदै आएको “ नेपाल बन्दैको दिनचर्या ” नामक पेजवाट सेयर गरिहाले, छेउका बाकी आरते साथीहरुले पनि पालै पालो। निकुञ्जका फाँटाहरुमा सुकेको खरबारीमा सल्केको आगो सरि फैलियो त्यो पोष्ट – नौजवानहरुले उक्त पोष्टमा ‘मुडकी बटारेर बुढी औला आकाश तिर फर्काउदै गरेको’ इमोजीका साथ “म पनि ..म पनि ” को प्रतिक्रिया चिप्काए । श्रमिकको जोहो लगभग भयो गधापच्चिसे उमेरका पाउरोटीबुद्धे स्वतन्त्र, जान्ने युवाहरु।

उता पुर्वतिर बङगुरे नगरीमा पत्थरे ठेकेदारले निःशुल्क जनशोषणवाट पत्थर बोकाएको, गिटटी कुटानी पिसानी गरेको परिचर्चा बजारमा छयापछयाप्ती फैलाएको थियो जाजरकोटको हैजालाई मात ख्वाउने गरि, राजधाने बल्लु भैया ठेकेदार सम्म नपुग्ने त कुरै भएन।

बल्लु भैय्याले पनि सोही मोडेल अपनाउने निधो गर्यो जनशोषणबाट काम निमिट्यान्न पार्ने र भन्यो “हेर जवानो तिमिहरुलाई आसा, सपना देखाईने छ, खुल्ला आकाश पाईनेछ, पिउनलाई मिनेरल वाटरको बोतल दिईनेछ, मिनरल वाटरकै बोतलमा पेटोल दिईनेछ तर त्यो बाईकमा हाल्न पाईनेछैन किनकी हामी झोले र मासुभात भन्दा फरक हौ, त्यस्को के गर्ने समय आएपछि स्क्रीप्ट पनि आईहाल्छ ”। दुई तिहाई युवक जति आशा र सपना भन्ने बित्तिकै खुसी, बाकी युवती चै आकाश पाईने भनि, पानी र पेटोलको स्किम त सुन्नै भ्याएनन धेरै जसोले।

बल्लु भैयाले सर्तहरु फेरी एक चोटी सम्झन खोज्यो, १ २ ३ ४ …..

दक्षिण भारती फिल्म पुष्पामा अभिनेता अल्लु अर्जुन नै पुलिस प्रशासन, सरकार समेतलाई धावा बोल्दै लालचन्दन तस्करीको सम्राज्य चलाउदछन । तथापी यस फिल्म र अझ अभिनेता पुष्पाको चरित्र प्रति युवाहरुको क्रेज थामिनसक्नु थियो। उक्त फिल्मको पहिलो भागको एक दृश्य संबादमा लालचन्दनको मोलमोलाई गर्दा खरिदकर्ताले पुष्पालाई यति फस्र्ट क्लास गुणस्तरको लालचन्दन कहाँवाट कसरी ल्यायौ, यस्तो त मैले धेरै समयपहिले मात्र देखेको थिए भन्दछ । छेउमै उभिएको को पुष्पाको सहयोगी गुरुत्वाकर्षण शब्दमा भन्दछ “शेषाचलम पर्वतको खोचमा रहेका अत्यन्त विकट र घनघोर जंगलमा मात्र यो गुणस्तरको लालचन्दन पाउदछ, जहाँ वाट पुष्पा भाउले मात्र चन्दन ल्याउन सक्दछ”।

हो शेषाचलमको लालचन्दन जस्तै फस्र्ट क्लास गुणस्तरको खरानीको आवश्यकता थियो ३ र ४ नम्बर सर्तहरु संग मिलान गर्न बल्लु भैय्यालाई। खरानीको स्रोतहरुको खेस्रा नक्सा बनायोे, खरानीमा ब्यबस्थापिका अंगको बास्नाको लागि बिरेन्द्र भवन, कार्यपालिका चन्द्रदरबार, न्यायपालिकाको लगि रामशाह पथ निरको घर, संघियताको समेत बास्नाको लागि महाराजगञ्जको कुलनिवास जो थिए ऐतिहासिक सम्पदाहरु पनि, यत्ति भएपछि सर्त न. १ २ ३ ४ सबै समेटिए । यि त थिए सर्त बमोजिमका खरानी रंगको लागी सम्भावित तथा लक्षित स्रोतहरु।

देश चम्काउने रंगाउने कुरामा किन कन्जुस्याई गर्ने भनि बल्लु भाईले आफनो तर्फवाट समेत थप गर्ने बिशाल हृदय देखायो । तिन मात्र किन चौथो अंगको समेत किन योगदान नथप्ने देश रंगाउने कुरामा भनि कान्तिपुरे अखबारलाई समेत खेस्रा नक्सामा टिप्यो। अन्तिम ३ मा थप्यो टंगाल स्थितको रातो घर साथै नेपालको फस्र्ट क्लास गुणस्तरको मानिने डडेल्धुराको जोगबुडे सालबाट बनाईएको बुढानिलकण्ठको बौजु दरबार र झापाको साल ल्याई बनाएको बालकोटको बार्दली कुटी।

बल्लु भैय्यालाई अन्तिमका ३ किन थप्ने बाध्यता आईलाग्यो भने एकातिर राम्रो गुणस्तरको सालको काठको उम्दा खरानी पाईने भने अर्काे तिर बुढानिलकण्ठको बौजु दरबारका करेन्टदाई र बालकोटे बार्दली कुटीका टुक्केबा, उनै पुराना पेटी ठेकेदार थिए जस्ले यो पेटी ठेक्का नपाएको झोकमा भविष्यमा यो ठेक्काको बारेमा टंगालको रातो घरमा उजुरी दिएर दुःख दिईरहन सक्थे । ३ वटै लिस्टमा चढाए, सब रफादफा ।

खेस्रा नक्सा लैनचौर स्थित ठेकेदार मित्रो ग्रुपकोे सम्पर्क कार्यालयवाट पास गराई श्रमिक युवाहरुको मोबाईलमा फरवार्ड गरियो । माईतीघर स्थित मैनबत्तिचोकमा भेला भएर युवाहरु हान्निए मिनभवन तर्फ, ४८ घण्टामै युवाहरुले स्विकृत नक्सा बमोजिमका तत कामहरु चट गरे। बल्लु भाईले सो दौरान आफनो गाडीको पछाडी राखिएको मिनरल वाटर बाडदै कान्तिपुरे नगरीको एक चक्कर लगाएको थियो। खरानी रंगले चम्काउने कार्यले सहर राती पनि झिलिमिली ३ दिन त ।


ब्रिफिगंका लागि बल्लुभाई लैनचौर तिर हान्नियो अनि केहि थान युवा श्रमिकहरुलाई जंगी अडडा तिर ठेकेदारको साथी संग क्याम्प फायर गर्दै गफ गर्न म्यासेज वाट अह्रायो। जंगी अड्डाकै गाडीले केही थान युवा श्रमिकहरुलाई हुलेर उतै लग्यो । तर गाडी भित्रका युवा प्रतिनिधिहरु परे दोसाधमा गफ गर्ने त भने के कुरामा चाही गफ गर्ने, तुरुन्तै बडो जुक्ती फुर्याे, हत्तपत्त मोबाईल खोली च्याटजीपीटीमा कमान्ड दियो र गपैम मात्र गर्ने गफ दियो त्यसले पनि र जेनतेन गफगाफ भयो ‘क्याम्प फायर’को फायर लाई साक्षी राखी।

उता बल्लु भाईले लैनचौरमा ठेकेदार प्रतिनिधिलाई ब्रिफिगँ गर्दै भन्यो “नक्सा बमोजिम अग्नीदह त दिईयो तर खरानी त सबै उडेर गयो त, अग्नीदह पछिको स्क्रिप्ट खै ?” प्रतिनिधिले जबाफ फर्कायो “धत बल्लु भैया तपाई पनि, खरानी का जम्मा गर्ने चिज हो त, त्योत माथि उडेर गई हाल्छ अनि आकाशलाई खरानी रंगले आफै रंगाईहाल्छ नि, यहि त थियो हाम्रो नेपाललाई खरानी रंगले रङगाउने सम्मको परोपकारी प्रोजेक्टको हिस्सा”। कुरा सुनेर बल्लु भैया भित्र भित्रै लजायो तर महेन्द्रे चश्माले बाहिर देखिन पाएन ।

ठेकेदार संगको सम्झौता बमोजिमको काम सक्किएको बुझि बिल भरपाई बनाउनमा जुट्यो। डोर हाजिरीमा हस्ताक्षर गर्न बोलाएका केही युवक श्रमिकहरुले सोधे “बल्लु दाई अनि हामीलाई देखाउने भनेको आसा अनि सपना?” बल्लु भैयाले जबाफ फर्कायो “तिमिहरुले गुरुङ दाईको मार्टबाट भटाभट म्याट्रेस काधमा लग्दै गरेको भिडियो नदेखेको हो र मैले, त्यसै म्याट्रेसमा मज्जाले सुत्ने अनि मिठो सपना देख्ने आसा गर्ने।” सुनेर युवती हरु गलल हाँसे।

हासो रोक्किए पछि त्यही भिडबाटै युवतीहरुले स्वर मिलाई सोधिन “हामीले पाउने भनेको आकाश चाही अनि ?” बल्लु भैया ले त्यसै गरि जबाफ फर्कायो “अनि तिमिहरुले लगेको डल नि देखेकै हो , त्यो डल लगेर आकाशलाई गिफट दिने, आकाश त तिम्रो भैहाल्छ त ।” गलल हास्ने पालो युवकहरुको, एउटा स्वाठलाई त जबाफ साह्रै चित्ताकर्षक लागेछ क्या हो, अस्ति ४८ घण्टे अपरेसनको बेला फेला पारेको ट्राफिकको सिटी गोजीवाट निकाल्दै बजायो सि सि सि…

अघिल्लो चोटी लजाएर फर्किनु परेको बल्लु भैया होसियारीका साथ बिल भरपाई तयारपारि हान्नियो फेरी लैनचौर तिर र ठेकेदार प्रतिनिधिलाई यस पल्ट बडो कन्फिडेन्सका साथ जाहेर गर्याे “म त सम्झौता बमोजिमको काम सक्किएर भुक्तानी लिनका लागि आएको”। प्रतिनिधि– “ल बल्लु भैया सबै प्रोजेक्ट का सक्कियो त, ‘प्लस रंगाईरहने’ त बाकी नै छ त ”। बल्लु भैया फेरि लजायो र मन मनै भन्यो, धत !हो त है! धन्न महेन्द्रे चश्मा छ र पो ।

प्रतिनिधि बोल्यो “भुक्तानीका लागि आउनु भारैछ ति बिल भरपाई र कस्को नाममा कुन देशको कुन बैंक खातामा जम्मा गर्ने हो डिटेल छोडेर जानुस, पहिलेका करेन्टे र टुक्के पेटी ठेकेदारले त स्विजरभुमी तिर गराउथे क्यारे , विचार गर्नुस। हाल सम्म उठेको बिल बमोजिमको भुक्तानी चै टिपाएको मुकाममा फागुनको तेस्रो साता तिर झर्ला है। अनि बाँकी प्रोजेक्टको स्क्रिप्ट चै आस –एडले ईमेल गरेपछि फरवार्ड गरम्ला।”
कोमल पातली क्षेत्री
बरिष्ठ वन अधिकृत सुदूरपश्चिम प्रदेशमा कार्यरत
९८६००१२४०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

De Opsporing van de Slotsucces bij Boomsbet

Amazonslots: Speel de Grootste Casinogames van Nu in één Oogopslag

Uitgebreide kansen en winstgevendheid bij spinboss casino ervaringen

Szerencsés csirke, a thechickenroads.com kihívásai és a végtelen pontgyűjtés izgalma vár rád

Szerencsés csirke, a thechickenroads.com kihívásai és a végtelen pontgyűjtés izgalma vár rád

Aktuelle Strategien und ninlay casino für erfahrene Spieler verstehen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

छोटो अवधिको तालिममै लाखौँ असुल्दै इन्स्टिच्युट, विभिन्न प्रलोभनमा परेर ठगिए विद्यार्थी

धनगढी,7 भदौ । डोटीकी कल्पना बोहरा (नाम परिवर्तन) केही वर्षअघि पढाइको सिलसिलामा धनगढी आइन् । धनगढीस्थित रेडिकल एकेडेमीले देखाएको लोभकै कारण उनी धनगढी झरेकी हुन्

अझै पढ्नुहोस्

Интересные перспективы для игроков с польское казино онлайн и выгодные стратегии побед сейчас

Интересные перспективы для игроков с польское казино онлайн и выгодные стратегии побед сейчас Лицензирование и регулирование онлайн-казино в Польше Идентификация лицензированных операторов Популярные игры в

अझै पढ्नुहोस्