TRENDING
Avansert spill premium bord rulett online: En guide for erfarne spillere
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

शेयेर गर्नुहोस


धनगढी/अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको संख्या बढ्दै गएको बताउँदै सम्वद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

हरेक व्यक्तिमा केही न केही खालको तनाव भएकाले त्यसलाई व्यवस्थापन गर्न विभिन्न माध्यम अपनाउन सकिने कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बदलिँदो समाज र तनाव व्यवस्थापन’ विषयक बहसमा बोल्दै वक्ताहरुले बताएका हुन्् ।


बहस कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले पछिल्लो समयमा धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको बताए । उनले भने,‘हरेक १० जना बयस्क मानिस मध्ये १ जनामा मानसिक स्वास्थ्य समस्याले पिरोलिइरहेको छ । जुन तथ्यले हाम्रो समाजमा विकराल रुप लिन सक्छ ।’ अहिलको खानपान, आवश्यकता र समाजले गर्दा मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदै आएको उनले औंल्याए । उनले भने,‘मानसिक स्वास्थ्यका बिरामी बढ््दै गएकाले नेपाल सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधी मध्ये ११ प्रकारका मानसिक स्वास्थ्य सम्बन्धिका औषधिहरु रहेका छन ।’

ती औषधिहरु अहिले स्वास्थ्य कार्यालयमार्फत्् स्वास्थ्य चौकीमा निःशुल्क पाइने गरेको उनले बताए । गाउँघर स्तरका स्वास्थ्य संस्थाहरुमा मानसिक स्वास्थ्यका सेवाहरु नभएको बताउँदै उनी भन्छन्,‘सरकारले नीतिगत काम त गरेको छ । तर, त्यहाँ चाहिने चिकित्सकका साथै पूर्वाधारमा भने काम भएको छैन ।’


जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यार्थी लक्षित काम गरिरहेको बताउँदै प्रमुख कुँवरले भने,‘स्वास्थ्य कार्यालयले विभिन्न सरकारी संघसंस्था, कार्यालय तथा गैरसरकारी संस्थासँग मिलेर मानसिक स्वास्थ्य समस्याका विषयमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सन्देश प्रवाहित गरिरहेको छ ।’


बहसमा बोल्दै अर्का बक्ता डा. सुशान अर्यालले धेरैजसो विद्यार्थीहरुमा अहिले मानसिक स्वास्थ्य समस्या देखिएको बताउँदै भने,‘किशोरावस्थामा बढी मानसिक स्वास्थ्य समस्या देखिन्छ, यो बेला मनमिल्ने साथीभाइसँग आफ््ना पीडाहरु व्यक्त गर्ने, रमाइलो ठाउँमा घुमघाम गर्ने र घरपरिवारसँग बस्ने गर्नाले पनि केही हदसम्म समस्या समाधान हुन्छ ।’ मानसिक समस्या भएमा सबैभन्दा राम्रो उपाय ध्यान गर्नु पनि भएको उनले बताए । एक्लोपन राम्रो नभएको बताउँदै उनले एक्लै बस्ने बानीले मानसिक स्वास्थ्य समस्या बल्झँदै गइरहेको बताउँदै भने,‘एक्लै बस्ने बानी राम्रो होइन, जसले गर्दा मानसिक स्वास्थ्यमा समस्या देखापर्छ ।’


सुदूरपश्चिम प्रदेश प्र्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले तनाव व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्यादेखि पारिवारिक बेमेल, गरिबी, दीर्घरोगी र व्यवसायिक असफलता बढीरहेको र जसले अपराध बढ््दै गएको बताए । उनले भने,‘मानसिक स्वास्थ्य अवस्थालाई ठीक ठाउँमा राख्न एक्लोपन छाडेर मनमिल्ने साथीभाइको संगत गर्ने, खेलकुदमा व्यस्त रहने र आफ्नो काममा तल्लिन भइरहनु जरुरी छ ।’

अहिले अपराधिक घटना घट््नुमा पनि मानसिक स्वास्थ्य समस्याले नै भएको बताउँदै उनले भने,‘मानसिक स्वास्थ्य समस्या कम गर्न दुव्र्यसनीमा मानिस फस्छ, त्यहीबाट नै अपराधिक घटना बढ््दै गइरहेको छ ।’ मानिसका इच्छा आकांक्षा धेरै ठूला हुनु र ति परिपूर्ति गर्न नसक्दा पनि आत्महत्या जस्ता घटना घटिरहेको उनले बताए ।


सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । बुधबार आठौं श्रृङ्खलामा बदलिँदो समाज र तनाव व्यवस्थापन विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Avansert spill premium bord rulett online: En guide for erfarne spillere

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अन्तरास्ट्रिय

अन्तर्राष्ट्रिय जैविक विविधता दिवश सम्पन्न

सुखड /जमुना न्युरे ,कैलाली जिल्लाको भजनी नगरपालिका वडा न ९ मा जनज्योती सोनीया सामुदायिक वनको रहेको सोनीया ताल परिसरमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको

अझै पढ्नुहोस्