सामुदायिक सहकारीकाे साधारणसभा सम्पन्न,करिब ७५ लाख मुनाफा कमाउन सफल

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सत्तीमा एक कार्यक्रमका बिच सहकारी संस्थाकाे २३ ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।
कार्यक्रममा सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ७४ लाख ९९ हजार २ सय ५७ रुपैयाँ मुनाफा कमाउन सफल भएकाे जनाएको थियाे ।


सहकारी संस्थाका अध्यक्ष पह बहादुर बस्नेतकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियाे ।
नगर प्रमुख थारुले शेयर सदस्यकाे समस्या र आवश्यकतालाई मध्यनजर गर्दै सहकारी अघि बढ्नुपर्नेमा जाेड दिनु भएको छ । सहकारीले धेरै राम्रो काम गर्दै आएको भन्दै थारुले प्रशंसा गर्नु भएको थियो । थारुले ग्रामीण क्षेत्रमा किसानको जीवन स्तरमा परिवर्तन ल्याउने गरि सहकारीले काम गर्दै आएको बताउनुभयो ।

उहाँले सहकारी संस्थाले ग्रामीण क्षेत्रका विपन्न किसानहरुकाे जीवन स्तर उकास्न महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे बताउनुभयाे ।
सहकारी संस्थाका काेषाध्यक्ष जितराम चाैधरीकाे स्वागत मन्तव्य संगै सुरु भएको वार्षिक साधारणसभामा विशिष्ट अथिति टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद,विशिष्ट अथिति टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, सहकारीका पुर्व अध्यक्ष हरि कुमार कार्की, सामुदायिक रेडियो टीकापुर एफ एमका इश्वर साउँद, नेपाल रेडक्रस नारायणपुर शाखाका सभापति टाेपबहादुर केसि, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ, शेयर सदस्य तथा समाजसेवी नरेश्वर धमला लगायतले शुभकामना मनतव्य राख्नु भएको थियाे।


सहकारीकाे वार्षिक साधारण सभामा ४ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेकाे छ। साथै उत्कृष्ट ऋणि ५ जना , उत्कृष्ट कृषक ३ जना , लघु कर्जाबाट १ जना , जेष्ठ नागरिक ७ जना, उत्कृट खेलाडी १ जना, जेहेन्दार बिद्यार्थी ३ जना समेत सम्मान गरिएकाे थियाे ।


२०५७ सालमा स्थापना भएको यस सहकारीले यस आर्थिक बर्ष २०७९/०८० मा १२ कराेड ४७ लाख ९२ हजार ९ सय ३७ रुपैयाँ निक्षेप संकलन गरेकाे बताइएको छ । हाल सहकारीमा महिला ७९५ जना र पुरुष १३६७ जना गरि २१७६ जना शेयर सदस्य रहेकाे सहकारीमा १५ कराेड ७ लाख ९७ हजार ९ सय शेयर पुजि रहेकाे छ । कार्यक्रमकाे संचालन सहकारी संस्थाका सचिब कृत ठकुल्लाले गर्नुभएकाे थियाे ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई ऋण लगानी, सुफत मुल्यमा बीउ विजन उपलब्ध गर्नुका साथै हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशकाे निर्वाचनमा कुनै पार्टी संग तालमेल नगर्ने

टीकापुर/नगरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सभा सदस्यकालागि कुनै दल संघ तालमेल र गठबन्धन नगर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कुनै

अझै पढ्नुहोस्