TRENDING
Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting
Mobile Gambling Establishment Online: An Ultimate Overview
Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide
Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting
Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option
Next
Prev

संरक्षित क्षेत्रमै अतिक्रमण र चोरीसिकारी

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलालीको संरक्षित वनक्षेत्र बसन्ता पछिल्लो समय अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको छ । सरकारले संरक्षित क्षेत्र घोषणा गरे पनि विस्तारै यस क्षेत्रमा घर टहरा सदैछन् । वन्यजन्तु र वन चोरीसिकारीको निसानामा पर्दैछन् ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा अमरावती सामुदायिक वन क्षेत्र भित्र दुईवटा पाटेबाघ मृत भेटिएका थिए । त्यसको केही समय पछि यसै क्षेत्रमा एउटा बाघ र एउटा चितुवा पनि मृत फेला परे । यस्तै भजनी नगरपालिका –२ को वनदेवी सामुदायिक वनमा एउटा चितुवा पासोमा परेर मरेको थियो । यी सामुदायिक वन यसै संरक्षण क्षेत्र भित्र पर्छन् । यी घटनाले तस्करी बढेको पुष्टि गर्छ भने, २०६४ सालमा मोहना नदीको बाढीले बसन्ता वन क्षेत्रमा अत्यधिक क्षति पुर्‍याएपछि त्यहीँ फैलिएका घर टहराले अतिक्रमण बढेको देखाउँछ ।

बसन्ता संरक्षित क्षेत्र कैलाली जिल्लाकै ठूलो जैविक मार्ग हो । ८३ हजार चार सय ३८ दशमलव ९ हेक्टरमा फैलिएको यो भारतको दुदुवा नेशनल पार्क र कतर्निया घाटसँग जोडिएको छ । यस वनलाई थारु समुदायले ‘बर्का वनवा’का रूपमा चिनिन्छ । संकटापन्न वन्यजन्तुको प्रमुख वासस्थानका रूपमा परिचित उक्त क्षेत्रमा तस्करी बढ्दा वन्यजन्तु त्यहाँबाट लोप होलान्कि भन्ने चिन्नता संरक्षणकर्मी बिच सुरु भएको छ ।

यो क्षेत्र वनजन्तु वस्न र ताल तलैयाका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । चुरे क्षेत्रहुँदै भावरदेखि तराइको फाँटसम्म फैलिएकाले यहाँ वन्यजन्तु वस्न पनि मौसम अनुकुल छ । वनको औसत लम्बाई (उत्तर–दक्षिण) ३४ वर्गकिलोमिटर तथा चौडाइ (पूर्व–पश्चिम) २५ वर्गकिलोमिटर छ । तर, पछिल्लो समय अतिक्रमणले वन क्षेत्र घट्दै छ । यो क्षेत्रलाई नेपाल सरकारले सन् २०११ मा संरक्षित क्षेत्र घोषणा गरेको हो ।

२०६४ सालमा आएको मोहनाको बाढीले कैलालीको साविकका रामपुर, हसुलिया, रतनपुर र लालबोझी गाविसका विभिन्न गाउँहरू प्रभावित बनेका थिए । रामपुर, रतनपुर, विलासपुर, भुइँयाफाँटा गाउँ बाढीबाट प्रभावित भएपछि यहाँका वासिन्दा विस्थापित भए । अहिले ती विस्थापित बासिन्दाले बसन्ता क्षेत्रलाई अतिक्रमण गरेका छन् । बाढीबाट विस्थापित सबै यही क्षेत्रलाई कब्जा गरी बस्दै आएका छन् । उक्त क्षेत्रमा करिब एक हजार पाँच सय घरटहरा अतिक्रमण गरी बनाएएको पाइएको सब डिभिजन वन कार्यालय बसन्ताका प्रमुख श्यामसुन्दर माझी बताउँछन् ।

भजनी नगरपालिका – ७ लालबोझीमा रहेको पुरैना ताल २०६७ सालमा मोहना नदीमा आएको बाढीले बगरमा परिणत गरेको थियो । उक्त क्षेत्रमा स्थानीयले अतिक्रमण गरे । अहिले त्यहाँ तालको कुनै संकेत पनि छैन । सो क्षेत्रमा स्थानीयले धान र गहुँ लगायतका बाली लगाउने गरेका छन् । यसबाट वन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको देखिन्छ । हाल ती वन्यजन्तु भारतीय वन क्षेत्रमा बसाइ सरेको प्रमुख माझी बताउँछन् ।

संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार विगतमा दुधुवा नेशनल पार्कसँग जोडिएको वन क्षेत्र हुँदै वन्यजन्तु कतर्निया, बर्दिया, कर्णाली नदीको किनार भएर चुरेभावर हुँदै पुनः बसन्ता वन क्षेत्र तथा शुक्लाफाँटासम्म ओहोरदोहोर गर्थे । अहिले उक्त जैविक मार्ग अहिले वन अतिक्रमणकारीका कारण मासिएको छ ।

बसन्ता संरक्षण क्षेत्रमा वन जंगल नजिक बस्ती भएका कारण वन्यजन्तु मारिनुका साथै चोरीपैठारी समेत बढ्दै गएको छ । यहाँ हरेक वर्ष पाटेबाघ विचरण गर्न तथा आफ्ना डमरु हुर्काउनका लागि बसन्ता संरक्षित वनमा आउने गरेका छन् । वन्यजन्तुको चहलपहल बढ्न थालेपछि स्थानीवासी तथा तस्करको यहाँ बिगबिगी बढेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । स्थानीय तथा चोरीशिकारी गर्नेहरूले राखेको पासोमा परेर बर्सेनी पाटेबाघ, चितुवालगायत वन्यजन्तु मर्ने गरेका छन् ।

यता वर्सेनि जंगल नजिक वस्ती बस्ने क्रम बढ्दै गएको छ । स्थानीयले घरपालुवा जनावर र आफ्नो सुरक्षाका लागि तथा मासुका लागि पासो थाप्ने गरेका छन् । बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठुला जनावर मर्ने क्रम बढ्दो क्रममा छन् । पहिलाका तुलनामा अहिले पासोमा परेर चितुवा र बाघ मर्ने क्रम बढेको वन्यजन्तु संरक्षणकर्मी प्रकाश लम्सालले बताए । अहिले जंगलको नजिक मानव बस्ती बसाउने क्रम बढ्दै गएको छ । जसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।

यस क्षेत्र मृत अवस्थामा फेला परेको बाघको घाँटीमा मोटरसाइकलको ब्रेकको तार भेटिएको थियो । बाघको घाँटीमा पासो परेको र तारले घाँटी कस्सिएर मृत्यु भएको पाइएको डिभिजन वन कार्यलय पहलमानपुरका डिभिजन वन अधिकृत राम विचारी ठाकुरले बताए । यसले वन क्षेत्रमा चोरी तस्करी बढेको पुष्टि हुने ठाकुरको कथन छ ।

अमरावती सामुदायिक वनको जस्तै एक वर्ष पहिला टीकापुर नगरपालिका – २ स्थित जनशक्ति सामुदायियक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । त्यो बाघको घाँटीमा तारको पासो लगाइएको पाइएको थियो । एक वर्षको अन्तरालमा कैलालीमा विश्वमै लोपोन्मुख प्रजातिका रूपमा रहेका दुई पाटेबाघ मृत भेटिएका थिए । पाटेबाघ मात्र होइन त्यो भन्दा अत्यधिक संख्यामा चितुवा पासोमा परेर मरिरहेका पाइएको छ ।

गत वर्षको पौष ११ गते कैलालीको गोदावरी नगरपालिका १० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवालाई बचाउन सकियो । कैलालीमा पछिल्लो केही वर्षयता जंगली जनावर बँदेल, बाँदर, घोरल, चित्तललगायत जनावर मानिसले थापेको पासोमा परेर मर्ने गरेका छन् । यसैगरी जंगली जनावरका लागि विद्युतीय धराप थाप्ने गरिएको छ । गत माघ महिनामा यसरी विद्युतीय धराप थाप्ने क्रममा घोडाघोडी नगरपालिका – ९ रतीपुरका ४२ वष वर्षिय धनबहादुर शाहले ज्यान गुमाएको डिभिजन वन कार्यालय पहलमानपुरको तथ्यांकमा उल्लेख छ ।

अनि पासोमा पर्छन् वन्यजन्तु: तस्करहरूले पाटेबाघ, चितुवालगायत जनावर मार्ने उद्देश्यले पासो थापेको संरक्षणकर्मीहरू बताउँछन् । अन्य साना जनावरका लागि थापेको पासोमा परी बाघ मरेको हुनसक्ने सरक्षणंकर्मी तिलक ढकालले बताए । ढकालका अनुसार मोटरसाइकलको ब्रेकको तारलाई पासो बनाइएको पाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि मात्र थाप्ने गरिएको बताए । उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बिचको द्धन्दको कारण पनि भएको पाइएको छ ।

संरक्षणकर्मी तथा तराइ भू–परिधि कार्यक्रम कोहलपुरका व्यस्थापक कमलबहादुर राईले प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताए । समयमा चेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठूला जनावर पनि मर्ने क्रम बढीरहेको डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए । पछिल्लो समय वन्यजन्तुका लागि पासो एकदमै जोखिम बन्दै गएको पाइएको उनको भनाई छ । ‘करेन्ट, तार लगायतको पासो थाप्ने क्रम बढ्दै गएको छ । तस्करले तथा स्थानीयले बँदेल, चित्तललगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन्् । त्यही पासोमा बाघ र चितुवा परिरहेका छन्,’ वन अधिकृत कँडेलले भने । उनी थप्छन्, ‘यसरी पासो थाप्नु गैरकानुनी कार्य हो । यस्ता गतिविधि गर्नेलाई कारबाही गर्दैआएका छौं ।’

लोपोन्मुख प्रजातिको वन्यजन्तुको व्यापार नियन्त्रण सम्बन्धी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटेबाघ लगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन । पाटेबाघको सिकार गरेमा ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै चितुवाको सिकार गरेमा २० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख छ ।

हुलाकी राजमार्गले वन्यजन्तु ओहोरदोहोरमा असर: नेपाल सरकारले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग सम्मको हुलाकी सडक बसन्ता वनको बिच भाग भएर निर्माण भएको छ । यहाँ वन्यजन्तु ओहोरदोहोर गर्न अन्डर पास र ओभरपासको प्रावधान भए पनि बसन्ता वनक्षेत्र भित्र वन्यजन्तुको सहजतका लागी वातावरण मैत्री केही संरचना निर्माण गरिएका छैनन् । यो सडक भएर चोरिसिकारी गर्न तथा वन अतिक्रमण गर्न झन सहज भएको देखिएको संरक्षणकर्मी बताउँछन् ।

डिभिजन वन कार्यालय पहलमानपुर र डिभिजन बन कार्यालय धनगढीले वन्यजन्तु चोरिसिकारी, अखेटोपहार सम्बन्धी तीन वटा मुद्दा समेत चलाएको छ । सरकारी निकायले पनि अहिले बाघ लगायतका लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तुको संरक्षण गर्न पहल गर्दै आएको छ । समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठुला जनावरहरू पनि पासोमा परेर मर्ने क्रम बढ्दै गएको छ । यसलाई रोक्न जरुरी रहेको संरक्षणकर्मी तथा तराइ भू–परिधि कार्यक्रम कोहलपुरका व्यस्थापक कमलबहादुर राई बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting

Mobile Gambling Establishment Online: An Ultimate Overview

Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide

Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting

Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय हो : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्
समाचार

लगानी तथा विकास सम्मेलनलाई सफल पर्न आर्थिक मामिला मन्त्री शाहीले गरे छलफल

सुदुरपश्चिम प्रदेश सरकारले २०८० फागुन २३,२४ गते धनगढीमा आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनलाई सफल पार्न कार्यकारी समितिका अध्यक्ष आर्थिक मामिला मन्त्री माननीय नरेश

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड हटाइने

जमुना न्युरे,धनगढी/कैलाली जिल्लामा पछिल्लो समयमा नसर्ने रोग बाट मृत्यु संख्या बढे सङ्गै नेपाल सरकारले सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड राख्न निरुत्साहित गर्ने

अझै पढ्नुहोस्