अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनि

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशनी गरिएको छ । अन्र्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनी गरिएको पंक्षी संरक्षण संघका फिल्ड सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । डिभिजन वन कार्यलय पहलमानपुुरको आयोजना तथा पंक्षी संरक्षण संघको ब्यवस्थापनमा गरिएको फोटो प्रर्दशनीमा घोडाघोडी क्षेत्रमा पाईने ६५ प्रजातीका चराहरुको फोटो प्रर्दशनी गरिएको डगौराले बताए ।


नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुुरी) घोषणा गरिएको घोडाघोडीमा ३ सय ६० प्रजातीका चराहरु पाईन्छन । चराहरुको फोटो प्रर्दशनी गर्दा निकै सुुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुुख खडक रावतले बताए। उहाले भने जति सुुन्दर चराहरु फोटोमा देखिएका छन यिनको संरक्षण गरे वास्तविक रुपमा नै हेर्न पाईने छ । फोटो प्रर्दशनीले घोडाघोडीमा रहेका चराहरुको संरक्षण र पर्यटन बिकासका लागि टेवा पुुग्ने रावतले बताए।


घोडाघोडी ताल संकटमा परिरहेको बताउदै नगर प्रमुुख रावतले भने शब्दमा मात्रै संरक्षणका कुुराहरु गरेर हुुदैन,यसका लागि सबै एकजुुट भएर संरक्षणमा लाग्नु पर्ने मा जोड दिए ।
चरा संरक्षण प्रति जनचेतना जगाउने फोटो प्रर्दशनीको उदेश्य रहेको डिभिजन वन कार्यलय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताए । केहि समय पहिले पनि घोडाघोडी तालको मिचाह प्रजाती हटाउने कार्य गरेको जानकारी दिए , घोडाघोडीको संरक्षणमा जन चेतना जगाउनका लागि अन्य कार्यहरु पनि गरिरहेका छौ ।


उहाले फोटो प्रर्दशनी कार्यक्रमले आगामि दिनमा चराहरुको संरक्षण गर्नका लागि स्थानियहरुमा जन चेतना जाग्ने विश्वास समेत ब्यक्त गरे ।


घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुुग्ने गरि बिकासको मोडेल ल्याउनुुपर्ने प्रदेश पर्यटन बिकास कार्यक्रम कायन्वयन ईकाई धनगढीका निमित्त प्रमुुख डबल बहादुुर बोहोराले बताए । वन ऐन अनुुसार सिमसार क्षेत्र ब्यवस्थापनको अधिकार संघिय सरकारलाई रहेको बताउदै उनले भने ,तीनै तहका सरकारहरु मिलेर ब्यवस्थापनको मोडेल बनाउनुुपर्छ ।


कार्यक्रममा वन विभागका निर्वतमान सह सचिव श्री प्रसाद बराल, बसन्ता वन परिषदका अध्यक्ष पुुष्कल बहादुुर बम,डल्फिन संरक्षण केन्द्रका विजयराज श्रेष्ठ,चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी,घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बमले लगायतका बक्ताहरुले जैविक विविधता र संरक्षणका बारेमा बोलेका थिए ।
कार्यक्रमको सन्चालन बसन्ता सरक्षित वन कार्यक्रमका समाजिक सहजकर्ता भिमा सुबेदिले गरेका थिए ।

ताजा खबर

Ποτεμια Λύτρωση στο Ybets Casino

Spin Rise Casino Slot Machine Game Review and Analysis

Emberbet Casino Game Selection and Strategy Guides

Spielautomaten von Syndicate Casino in Deutschland Online einsetzen

Λειτουργία SLOT Στο BetPrimeiro Casino

Gaming Experty aanbod bij Casoola Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पालिकाले प्रधानाध्यापक नियुक्त गरे विद्यार्थीले आन्दोलन सुरु

कैलालीको घोडाघोडी नगरपालिकाले  शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।  शिक्षा नियमावली २०५९को नियम ९३  मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित

अझै पढ्नुहोस्

Регистрационные бонусы в онлайн‑казино: как выбрать и воспользоваться в Казахстане

В Казахстане онлайн‑казино растут, а игроки ищут выгодные предложения.Одним из самых популярных способов начать игру без риска для кошелька является регистрационный бонус.Он даёт шанс попробовать

अझै पढ्नुहोस्