प्रदेश गौरवको आयोजना ,चिसापानी–मंगलसेन सडकखण्ड स्तरोन्नती कार्य शुरुगर्न मुख्यमन्त्रीको निर्देशन

शेयेर गर्नुहोस


कैलाली /राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै चिसापानी–मंगलसेन सडकखण्डको १६ कि.मि.सडक स्तरोन्नतीको कार्य अगाडी बढाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।


बुधबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कैलालीको लम्कीचुहा नगरपालिका, ३ र मोहन्याल गाउँपालिका, ७ मा पर्ने चिसापानी–मंगलसेन सडकखण्डसँग सम्बन्धित पक्षहरुसँगको छलफल पछि स्तरोन्नतीको कार्य शुरुगर्न निर्देशन दिनुभएको हो ।

छलफलमा सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर प्रकाश खड्का, डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कडेल, बन निर्देशनालय सुदुरपश्चिम प्रमुख हेमराज बिष्ट, मोहन्याल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराज कठायत, अभियान्ता तथा युवानेता नेत्र भण्डारी लगायतको सहभागिता रहेको थियो । मंगलबार चिसापानी–मंगलसेन सडकखण्डमा पर्ने राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता भएको थियो ।


“चिसापानी–मंगलसेन सडकखण्ड परापुर्वकालदेखी हटेरु बाटोको रुपमा परिचित छ,” बैठकमा मुख्यमन्त्री शाहले भन्नुभयो “पिता पुर्खाहरुको नासोको रुपमा रहेको यस सडकखण्डको स्तरोन्नती गरी जनतालाई विकासको प्रत्याभूती गराउँनु पर्दछ । उहाँले वि.सं. २०२४ सालमा स्व. हरिप्रसाद भण्डारीले मंगलसेनसम्म मोटर गाडी पुर्याउनु भएको इतिहासलाई सम्झदै यस सडकको स्तरोन्नतीका लागि तत्कालिन सभासदहरु गंगबहादुर कुवँर, शुसिला स्वाँर, भगत बडुवाल, मोहनसिँह राठौर, झपट रावल, बर्तमान प्रतिनिधी सभा सदस्य अरुण कुमार चौधरी लगाएत जनप्रतिनिधिहरु तथा सरोकारवाल निकायलाई धन्यवाद दिनुभयो ।


सडक डिभिजन कार्यालय महेन्द्रनगर, डिभिजन बन कार्यालय पहलमानपुर र बन निर्देशनालय सुदुरपश्चिमले भोली –बिहिबार) देखि काम शुरु गर्ने प्रतिबद्धता जनाए । उनिहरुले रुख गोल हटाउने लगायतका काममा सहयोग गर्न सबैमा अनुरोध गरेका छन । आयोजना, निर्माण व्यवसायी र बन मन्त्रालय बीच त्रिपक्षिय समन्वयमा कामलाई सुचारु गर्नुपर्ने बैठकमा निर्णय भएको छ । त्यसैगरी चिसापानी–मंगलसेन सडकखण्डको स्तरोन्नतीको कार्यको तीन÷तीन दिनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।


प्रदेश गौरवको योजना भित्र रहेको यस सडकलाई चालु आ.व. २०८१÷०८२ मा प्रदेश सरकारले उक्त सडकखण्ड स्तरोन्नतीका लागि मोहन्याल गाउँपालिकामा वडा नं ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु.२१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि रु. १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतीका लागि रु. १० करोड बजेट विनियोजित गरिएको छ ।

ताजा खबर

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता

अझै पढ्नुहोस्