TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
Next
Prev

पैगम्बर मोहम्मदको शिक्षा लिँदै घृणा, अन्याय र विभाजन अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आग्रह

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले घृणा, अन्याय र विभाजन अन्त्य गर्न सबैलाई आह्वान गरेका छन्।

पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (ईद मिलाद उन नबी)को अवसरमा प्रदेश प्रमुख मियाँले पैगम्बरको शिक्षाले मानव समाजलाई शान्ति, सद्भाव र न्यायका मूल्य–मान्यताप्रति प्रेरित गर्ने बताए। उनले सत्य, न्याय, करुणा र सद्भावको सन्देशलाई अंगाल्नु आजको आवश्यकता रहेको उल्लेख गरे।

‘पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले देखाएको सहिष्णुता र दयाको मार्गले हाम्रो जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउँछ, समाजमा मेलमिलाप र एकताको भावना विकास गर्छ,’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

उनले पैगम्बर मोहम्मदका उच्च नैतिकता, मानवता र परोपकारका भावनाले सबैलाई समाजमा शान्ति, स्थायित्व र सद्भाव कायम राख्न प्रेरित गर्ने बताए। साथै उनले पैगम्बरले जीवनभर देखाएको विनम्रता, इमानदारी र आदर्श जीवनशैलीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

प्रदेश प्रमुख मियाँले पैगम्बर मोहम्मदको जन्मजयन्तीले सबैलाई आपसी प्रेम, करुणा, भाइचारा र एकताको भावना फैलाउँदै विश्वशान्तिका लागि योगदान गर्ने प्रेरणा दिनुपर्ने भन्दै देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायसहित नेपाली दाजुभाइ दिदीबहिनीप्रति शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकको टिमको जित

१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा घोडाघोडी जेसीजलाई ०४–० गोलको अन्तरले

अझै पढ्नुहोस्
Highlights

स्वास्थ्यकर्मिहरुलाई हाजिर गर्न नदिए पछि धर्ना सुरु

धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्। कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य

अझै पढ्नुहोस्
समाचार

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका कांग्रेशले सोच्नु पर्ने : नेता साउँद

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरित रहेको बताएका छन् । कांग्रेस बर्दियाले

अझै पढ्नुहोस्