TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

पहिरो पिडितका नाममा गरिएको बन अतिक्रमण हटाईने

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी/कैलालीको चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराईने भएको छ ।

चुरे गाउपालिका वडा ४ आमपानी , सैन , सिउती गाउँका पहिरो पिडितहरुले बनाएका घरटहरा खाली गराउनका लागि सब डिभिजन वन कार्यलय खैरालाले अतिक्रमण हटाउने भएको छ । कार्यालयले पौष २२ गते अतिक्रमण खालि गर्नका लागि सुचना टास गरेको थियो तर अहिले सम्म सो क्षेत्र खालि भएको छैन ।

सुचना टास गर्दा पनि अतिक्रमण क्षेत्र खालि नभएपछि केहि दिनमै बल प्रयोग गरेर अतिक्रमण हटाईने सब डिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले जानकारी दिएका छन ।

२०७८ मा पहिरो बाट पिडित भएकाहरु चुरे गाउपालिका वडा न ४ टाक गडा स्थित राष्टिय बनमा बसोबास गरिरहेका छन । अहिले सो क्षेत्रमा पिडितका नाममा ४ सय ५ घरटहरा निमार्ण गरि बसोबास गरिरहेका छन । दिनप्रतिदिन सो संख्या बढिरहेको ढकालले जानकारी दिए । राष्टिय बनको करिब ४० हेक्टर बन क्षेत्रमा उनीहरु बसोबास गरिहेका छन । सुरुमा टेन्टमा बसोबास गरिरहेका उनिहरु अहिले संरचना संगै बनलाई खेतबारि बनाइरहेका छन ।
यसरी अतिक्रमीत जमिन खाली गराउनका लागि सब डिभिजन बन कार्यलयले पटक पटक सुचना टाँस गरेपनि अटेर गरेकाले चाडै नै बल प्रयोग गरि हटाईने ढकालले बताए ।

अहिले त्यो बस्तिमा वास्तविक बाढी पिडित भन्दा पनि हुकुम्बासिले जग्गा ओगटेका छन अत्तरिया ,चौमला लगायतबाट पनि अतिक्रमण गरि घरटहरा निर्माण गरेको श्रोतले बताएको छ ।
राष्ट्रिय वन अतिक्रमीत क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच बर्ष कैद तथा एक लाख रुपैया जरिवाना मागदाबी गर्दै दुबै सजाय हुने गरि कानुनी कारबाही गरिने सूचना टाँस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वनडढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताह सप्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७मा “डढेलोबाट बनलाइ जोगाओ ,बन-दिगो उत्पादन र उपयोग ” भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण

अझै पढ्नुहोस्