TRENDING
फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो
Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta
Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille
Next
Prev

पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको पन्चबर्सिय बन ब्यबस्थापन कार्ययोजना २०८०/८१-२०८४ /८५को मस्यौदा माथी छलफल कार्यक्रम आज पहमानपुरमा सम्पन्न भएको छ ।

कार्यक्रम जिल्ला वन क्षेत्र समन्वय समिती कार्यबाहक अध्यक्ष खगराज भुसाल को सभापतित्व भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश उधोग वन पर्यटन तथा वातावरण मन्त्रालयका मन्त्री रमेश धामी प्रमुख अतिथी रहेका थिए ।

प्रमुख अतिथिको आशन बाट बोल्दै मन्त्री धामिले पाँच बर्ष हामिले के के कार्य गर्छौ , प्रत्येक बर्ष के काम गरियो तेसको नतिजा कस्तो आयो ,काम गर्दा कस्ता खालका समस्या आय सामाधान कसरी गर्ने , अहिले बनमा निकै फोहोर आयको त्यो फोहोर को हिस्सेदार तपाई हामी पनि हो । कैलालीमा हुने बर्सेनि बन अतिक्रमण शून्य बनाउने र पुरानो अतिक्रमण लाई पनि कुनै प्रलोभन नपरी हटाइने , नितिगत भ्रष्टाचारको अन्त्य गरौ अहिले सतामा युवा पुस्ता आय पछि सुधार हुन जरुरी रहेको छ कार्ययोजना कागजि रुपमा निकै राम्रो हुने तर ब्यबहारिक रुपमा नजादा अहिले जनताले दुख पाएको हुदा अब बन्ने योजना व्यबहार लागू गर्न सकिने मात्र निर्माण गर्न , सामुदायिक बन आफै सरकार बनेका छन् आफै सत्ता चलाउदै आएका छ्न अब सामुदायिक बन आर्थिक रुपमा पार्दशितता र शुसासन का लागि अनुगमन गर्न ,हैसियत बिग्रेका सामुदायिक बनहरुलाइ सरक्षण गर्ने कार्यक्रम ल्याउनेमा जोड दिए।

कार्यक्रममा बोल्दै बसन्ता सरक्षित वन परिषदका अध्यक्ष पुस्कल बहादुर बमले सामुदायिक बनको अवधारणा राम्रो रहेको छ बन सरक्षण सङै सदुपयोग पनि भयको छ , सामुदायिक वनहरुलाइ समय सापेक्ष रुपमा तालीम ,क्षमता अभिबृती हुन जरुरी रहेको छ ।

तेस्तै कार्यक्रममा बोल्दै पर्यावरण सरक्षण एवम् बन पैदावर व्यावसायिक सघं कैलाली सल्लाहकार बिमल बमले भने नेपाल सरकारले आफैले ल्याएको बैज्ञानिक बन ब्यबस्थापन आफैले खारेज गरेर पुन दिगो बन ब्यबस्थापनका लागि पहल भै रहेको समयमा दिगो बन के हो ?कसरी ब्यबस्थापन गरिने हो स्पष्ट रूपमा ग्रामीण तथा स्थानीय स्तर बाट नै छलफल हुनु पर्ने ,चुरे जस्तो संबेदनसिल ठाउँलाई कसरी सरक्षण गर्ने जस्ता कुराको व्यापक छलफल गरेर मात्र दिगो बन ब्यबस्थापन अवधारणा ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै जलाधार ब्यबस्थापन कार्यलय कैलालीका प्रमुख श्याम श्रेष्ठले अब बन्ने पन्चबर्सिय कार्ययोजना निर्माण गर्दा प्राबिधिक जलवायु परिवर्तन ,अनुकूल , बन र बन्यजन्तु लागि ताल तलैया हरु सरक्षण सङै कृषि बन जस्ता कार्यक्रम ल्याउने ,आय आर्जनका कार्यक्रम पर्नेमा बताए ।

कार्यक्रममा टेङ्गनुवा सामुदायिक उपभोक्ता समुहका अध्यक्ष मैना ढकालले अहिले प्रदेश सरकार र स्थानीय तहले सामुदायिकलाई काठ तथा वन पैदावर बिक्रीवितरणमा कर लगाय छ यसले सामुदायिक वन अझै भार थपियको बताए ।
कार्यक्रममा डिभिजन बन कार्यलय पहलमानपुर पर्ने ७ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख , विभिन्न सघ सस्थांका प्रतिनिधि , सरोकारवाला निकाएहरु उपस्थित रहेको कार्यक्रममा एकृकित सिर्जनशिल नेपाल प्रदिप जि .सिले कार्ययोजना पस्तुत गरेका थिय ।कार्यक्रममा डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले स्वागत सङै कार्यक्रम माथी प्रकाश पारेको कार्यक्रम सन्चालन सुरेन्द्र कठयतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

Mainio Kasino: Online Roulette Expert Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्