निर्वाचनलाई भय रहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ।


मंगलबार विभागीय मन्त्री, राज्यमन्त्री, विभागीय सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित चारै सुरक्षा प्रमुखको सहितको बैठकमा निर्वाचन सफल रुपमा सम्पन्न गराउनु प्रदेश सरकारको समेत जिम्मेवारी भएकोले सबैले आ आफ्नो भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभएको हो ।

बैठकमा मुख्यमन्त्रि शाहले संघीय सरकार र संघीय नेतृत्वले निर्वाचन गराउन राज्यका सबै सयन्त्र परिचालन गरिसकेको अवस्थामा ठाउँ ठाउँमा निर्वाचन समाग्री पुगीसकेको बताउँदै प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग गरिने स्पष्ट पार्नुभयो।


बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा मन्त्रालय कानून मन्त्री हीरा सार्की, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विरबहादुर थापा, सामाजिक विकास राज्यमन्त्रि सरस्वती खडका, भौतिक पूर्वाधार विकास राज्यमन्त्रि निर्मला देवी साउँद, प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ बैकुण्ठ प्रसाद अर्याल, पृतनापति उपरथी, पृतना हेडक्वाटर तेघरीका किरण के.सी,
सचिव विमल प्रसाद बराल, तेज प्रकाश जोशी, विष्णु भण्डारी, दीर्घ नारायण कोईराला, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, निमित्त बाहिनीपति, सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया दिग विजय सुवेदी, अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग सु.प.प्रदेशका किशोर कुमार श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।


साथै बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस-२०८२ भव्यताका साथ मनाउने निर्णय गरेको छ। फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन मुख्यमन्त्रीको अध्क्षतामा सदस्यीय राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति, २०८२ गठन गरिएको छ ।
जसको सदस्यमा मन्त्रीहरु, जिल्ला समन्वय समिति प्रमुख. कैलाली प्रदेश सरकारका प्रमुख सचिव, धनगढी उपमहानगरपालिका प्रमुख, पृतनापति, उपरथी प्रदेश सरकारका सचिवहरु प्रमुख, जिल्ला अधिकारी कैलाली, प्रहरी नायब महानिरीक्षक, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सशस्त्र प्रहरी बल नेपालका वाहिनीपति, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सुदूरपश्चिम प्रदेश रहनु भएको छ, भने आन्तरिक मामिला तथा कानून मन्त्रालय सदस्य-सचिव रहनु भएको छ ।


राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सवंत् २०८२ साल फागुन ६,७ र ८ गते प्रदेश तथा स्थानीय तहका सम्पुर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ संस्थाका कार्यालयहरुको छत, वरण्डा र परिसरमा निर्धारित साईजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने तथा प्रादेशिक र स्थानीयस्तरका विद्यूतीय तथा छापा सञ्चार माध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण प्रकाशन गर्न लगाउने निर्णय भएको छ । शहिद स्मारकको समारोह बिहान ८:०० बजे पृथ्वीनारायण चौक(मुख्य चौराहा)बाट शहिद स्मारक चटकपूर तर्फ वृहत र्याली,ब्याण्ड बाजा सहित प्रभातफेरी हुनेछ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयोजन गर्ने ।

ताजा खबर

Special Baccarat Rules and Strategies for Aussie Players

बेपत्ता परिवारको माग : ‘सास चाहियो कि लास चाहियो’

Smart Ways to Fund Your Pokies Play

Spielen Sie umsonst Spielautomaten – Online-Slots in Casinos

PayPal Slots Reviewed for Australian Players

Genießen Kostenlose Slot-Spiele Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !