धनगढीमा अहिलेसम्म के–के भयो ? कुन कुन कार्यालय जले

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेनजी पुस्ताले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको छ । मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरुको आक्रोश नियन्त्रण बाहिर गएपछि धनगढीको अवस्था जटिल बनेको छ ।

सयौँको संख्यामा प्रदर्शनमा सहभागी जेनजीले पार्टी कार्यालय, सरकारी कार्यालय र सवारीसाधनमाथि आगजनी गरिरहेका छन् । प्रदेशको मुख्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नियन्त्रणमा लिएर तोडफोड सुरु गरेका उनीहरुले सरकारी कार्यालय निसाना बनाएका छन् ।

उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा आगो लगाउदै दुई वटा गाडी समेत जलाएका छन् । धनगढीकै टेम्पल रिसोर्टमा पार्किङ गरिएका आधा दर्जन सरकारी गाडीमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरुले सुदूरपश्चिम प्रदेश सभा सचिवालयको भवनमा प्रवेश गरेर त्यहाँ समेत आगो लगाइदिएका छन् भने मोटरसाइकल, फर्निचर लगायतका सामान जलाएका छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका अगाडी जलाएको स्थानीय प्रशासनले जनाएको छ । नेकपा एमाले र नेपाली काग्रेसको पार्टी कार्यालयमा समेत आगो लगाइएको छ ।

आक्रोशित जेनजीहरुले छानीछानी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेपनि सुरक्षाकर्मीले भने मुखदर्शक भएर हेर्न बाहेक नियन्त्रणमा लिन सकेको अवस्था छैन । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि कफ्र्यु आदेश जारी गरेको भएपनि त्यसको वेवास्ता गरिएको छ । कफ्र्यु आदेशबीच प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Rizikový Záskok v Klubu Ivy Bet Casino

Información sobre Godz Casino: Características y Servicios Ofrecidos

Casino Regina: Overview and Facilities

Dziewczyna z Kasynem Viu Viu

What is Silver Ace Casino? Overview of Online Gaming Venue Operations.

Marea Încărcare a Banilor la Monopol

सम्बन्धितखवर

छुटाउनु भयो कि !

प्रदेश

सुदूरपश्चिमका मन्त्रालय एक महिना सम्म मन्त्री बिहीन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद विस्तार नहुँदा एक महिना देखि विषयगत मन्त्रालय मन्त्री बिहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय

अझै पढ्नुहोस्