धनगढीको सामुदायिक वनमा दुईजना मृत फेला

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एकजना झुण्डिएको र एकजना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका-१० का देवल चौधरी र सोही स्थानका कैदा राना मृत अवस्थामा भेटिएका हुन् ।

मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नद‍ीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवल चौधरीका छोरा प्रकाश चौधरीले बुवा राति गाउँको बिहेमा जान्छु भनेर घरबाट निस्किएका थिए ।

ताजा खबर

Glück bringt Fortsetzung am LuckyStart Casino

The Fowl Fortune on Chicken Road Slots

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भुकम्प पीडितका लागि उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय

धनगढी/सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको सुदूर

अझै पढ्नुहोस्