दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रले आयोजना गरेको महोत्सवको एक कार्यक्रमका बिच नगर प्रमुख खडक बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । “कृषि पर्यटन उद्योग र व्यापार,समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव फागुन ९ गते देखि १८ गते सम्म सञ्चालन हुने छ । 

महोत्सवमा ख्याति प्राप्त कलाकार देखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न स्टल निर्माण गरिएका छन् । महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारण लाई एक सय, विद्यार्थीका लागि ७० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।

महोत्सव स्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूले सहभागिता रहेको थियो । घोडाघोडी सामाजिक सरोकार केन्द्रका सदस्य राजु अवस्थिको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन उद्धोषिका तथा गायिका मञ्जु पौडेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Co to jest Fortune Clock Casino i czym się zajmuje?

Spinline Multi Line Slots Game Features and Payouts Explained

Informacje o Buran Casino – charakterystyka i szczegóły.

Sloty na Loterię w Gry i Ryzyko w Casino SlotLair

Bitkingz Casino Slots Online Game Review and Analysis

What is Cadabrus Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धुर्जन्नामा वन अतिक्रमण गरि बस्ती बसाउन खोज्ने ८ जना नियन्त्रणमा

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको धनगढी उपमानगरपालिका १६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गरि घर टहरा बनाईरहेको अवस्थामा ८ जना पक्राउ परेका छन । धुर्जन्ना गाउँमा

अझै पढ्नुहोस्