टीकापुरमा सरसफाई कर्मचारी नहुँदा फाेहाेर उठेन, तत्काल फाेहाेर संकलन कार्य हुनुपर्ने व्यापारीको भनाइ

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न छाेडेकाे छ । टीकापुर नगरपालिकामा प्राप्त सरसफाइ कर्मचारी नहुदा बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न नसकेको हाे ।


माघ १ गतेबाट बजार क्षेत्र र आसपासकाे फाेहाेर नउठेपछि जताततै फाेहाेर देखिन थालेकाे छ ।दैनिक रुपमा उठ्ने फाेहाेर नउठ्दा नगरपालिकाले राखेका डस्टविनमा फाेहाेर भरिएर थुप्राे लागेकाे छ । फोहोरका भाँडाहरु भरिएपछि दुर्गन्ध फैलिन थालेको छ भने नागरिक तहमा आक्रोश बढन थालेको छ । जुनसुकै प्रकृया अपनाए भए पनि फोहोराको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने टीकापुरका व्यापारी गंगाराम चपाईले बताउनुभयो । बजार क्षेत्र र आसपासकाे थुप्रिएको फोहोर तत्काल हटाउनुपर्ने अन्यथा सहन गाह्रो हुने अर्का व्यापारी शिवनारायण चौधरीको भनाई छ ।


नगरपालिकाले कर्मचारी भर्ना गर्न खोज्दा विरोध भएको छ तर वर्षौदेखि ज्यालादारीमा काम गर्दै आएका सरसफाइकर्मीको काम रोकेर बजारमा फोहोर थुप्रयाउनु नहुने उपभोक्ता अधिकारकर्मी शेरबहादुर विष्टको भनाइ छ ।
टीकापुर नगरकार्यपालिकाले यसअघि ज्यालादारीमा रहेका सरसफाइकर्मीलाई बैठकबाटै भर्ना गर्न खोजेपछि बिरोध भएको थियो । कार्यपालिका सदस्यबाट र जनस्तरबाट विरोध भएपछि यसअघि ज्यालादारीमा काममा रहेका सरसफाइकर्मीलाई पनि काममा लगाउन छोडेको नगरपालिकाको बन वातावरण तथा सरसफाइ शाखाका प्रमुख लोकबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार शाखाले यस अघि चार पाँच जना सरसफाइकर्मिलाइ देैनिक ज्यालादारीमा काम लगाउदै आएको र सरसफाइ कार्यमा सुधार हुदै गएको अवस्था थियाे ।


शाखाले बजार क्षेत्र र आसपासकाे फाेहाेर उठाउन ११ जना सरसफाइ कर्मी भर्ना गरिदिन पटक पटक कार्यालयलाई माग गरेपछि कार्यपालिकाले निर्णय गरेर ११ जना सरसफाइ कर्मचारी दैनिक ज्यालादारीमा राख्ने गरि प्रकृया अघि बढाएपछि विराेध हुदा समस्या भएको शाखा प्रमुख बुढाकाे भनाइ रहेकाे छ ।


बुढाका अनुसार “हाल नगरपालिकाकाे सरसफाइ शाखामा तीन जना सरसफाइ कर्मचारी रहेकाेमा एक जना काम नगर्न सक्ने अवस्थाका छन भने एक जना विरामी भइ उपचारकालागि विदामा छन् अनि एक जनाले बजार क्षेत्र र आसपासकाे फाेहाेर
कसरी सरसफाइ गर्ला आफै भन्नुहनेस” । उहाँले जब सम्म कार्यालयले सरसफाइ कर्मचारीकाे बिसयमा टुंगो लगाउदैन तब सम्म फाेहाेर उठ्न नसक्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिएर सरसफाइकर्मी नियूत्ती गरि फाेहाेर व्यवस्थापन कार्यलाई तत्काल निरन्तरता दिन जरुरी छ ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र : घोषणा मात्रै कि संरक्षण पनि ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन संरक्षण क्षेत्र घोषणासँगै प्रदेशमा संरक्षण क्षेत्रको

अझै पढ्नुहोस्