“झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा स्कुले बालबालिकाको प्रयोग

शेयेर गर्नुहोस

जमुना न्युरे,डडेल्धुरा / नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ।

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा स्कुले बालबालिकाको प्रयोग भएको पाइएको हो।

विद्यामन्दिर नमूना माध्यमिक विद्यालय पञ्चदेवल विनायक नगरपालिका-३ विनायका विद्यार्थीले लाइनमा उभिएर ‘केपी बा हाइहाइ, अरू सबै बाइबाइ’ भनेर नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

अबोध बालबालिकालाई राजनीति दलको कार्यक्रममा नारबाजी गर्न लगाएको भनेर अहिले विद्यालय परिवार र एमाले अध्यक्ष ओलीको चर्को आलोचना भइरहेको छ।

विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको छ।

तर, यता विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेका नेताहरू गइरहेको बाटो विद्यालय छेउबाटै जाने भएर स्वागत गरेको बताए।

‘राजनीति रूपमा गरिएको होइन, पूर्वप्रधानमन्त्रीजस्तो व्यक्ति गइराख्नु भएको थियो। छलफलबाटै स्वागत गर्ने भन्ने कुरा भयो,’ उनले भने, ‘स्वागतकै क्रममा विद्यार्थीले नारबाजी गरेका हुन्।’

ताजा खबर

Bet On Red Casino Review: Sessioni Veloci per il Giocatore Moderno

Comment repérer une fausse page de connexion Olympe Casino

Partenariats et commandites Kyngs

The Best Online Pc Gaming Site: An In-Depth Evaluation

What are Complimentary Dime Slot Machines and How Do They Function?

Understanding Free ESA Letter Templates: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

जमुना न्युरे,सुखड/कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा ७ मा स्थित अमरावती सामुदायिक वन, मोहन्याल गाउँपालिका वडा ७

अझै पढ्नुहोस्