TRENDING
Roulette Online India No Registration: Everything You Need to Know
Ruletka Jackpot Darmowa Gra: Recenzja Eksperta
Mobile Roulette for Android India Popular
Mobile Roulette for iOS in India: A Guide for Professionals
Next
Prev

घोडाघोडी तालमा जलपंक्षी गणना सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे/हरेक बर्ष जस्तै नेपालको पहिलो वर्ड सेन्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षीहरुको गणना कार्य आजदेखी सुरु भएको छ ।

हरेक बर्ष जनवरि ३ गते देखि एसियाका विभिन्न ताल ,सिमसार तथा रामसार क्षेत्रहरुमा आश्रीत रैथाने तथा आगन्तुक जलपन्क्षिको अवस्था , बिचरण ,संख्याको अभिलेखकरण हरेक बर्ष जस्तै यद बर्ष पनि एसियन बर्ड सेन्सेस (Asian waterbirds Census) सन्चालन भएको हो ।

जैविक विविधताले निकै नै महत्त्वपूर्ण क्षेत्र मानिने घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजबाट गणना कार्यमा खटिएको छ । २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ ।
चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ ।

घोडाघोडीमा ६ / ६ महिना गरी प्रत्येक वर्ष दुई पटक जलपन्क्षी गणना गरिन्छ । सोही अनुरूप यस पटक पनि जलपंक्षी गणना सुरु गरिएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिए । न्यूरेका अनुसार गणनाले उनीहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमार चौधरी ले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिए ।

घोडाघोडी ताललाइ तीन ब्लकमा बिभाजन गरि राम कुमार चौधरी , जमुना न्युरे ,शिव चौधरी ले नेतृत्वमा जलपन्क्षी गणन टोलि खटिएको छ ।

गणनाको उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी नियन्त्रण गर्न नसक्नु रहेको बताउदै । उनले भने घोडाघोडीमा रहेका जलचर ,थलचर र जीवजन्तुहरूको संरक्षणका लागि संरक्षणकर्मी मात्र नभएर समुदायलाई पनि जोड्नुपर्नेमा जोड दिए ।


डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति रहेकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउदै भने , घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।


चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए । वर्ड सेन्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।


नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठुलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताए ।

यहाँ ११ ओटा सामुदायिक वनहरु जोडिएका छन् ।
घोडाघोडीमा पछिल्लो समय जलपंक्षीको सङ्ख्या घट्दै गएको छ । अध्यक्ष चौधरीले जानकारी दिए , पहिले २ हजार २२ सयको हाराहारी जलपंक्षी भेटिन्थे तर अहिले ११ सयको हाराहारीमा भेटिन्छन् । अघिल्लो वर्ष ११ सय जलपंक्षी गणना भएको बताउँदै उनले भने , हिउँद भन्दा वर्षामा अझै थोरै भेटिन्छन् । वर्षामा जताततै पानी भएकाले पनि जलपंक्षी अन्यत्र जान्छन् ।


“घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुक्राउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले बताए ।


घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Online India No Registration: Everything You Need to Know

Ruletka Jackpot Darmowa Gra: Recenzja Eksperta

Mobile Roulette for Android India Popular

Mobile Roulette for iOS in India: A Guide for Professionals

Play Live Roulette Australia Fast: Expert Tips and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्। गत शुक्रबार सुदूरपश्चिमको

अझै पढ्नुहोस्
समाचार

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।टीकापुर ६ स्थित लक्ष्मी नारायण

अझै पढ्नुहोस्