कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु ९ जना घाइते

शेयेर गर्नुहोस

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ९ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको परिचय खुल्ने कार्य जारी रहेको बताइएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित हुँदा ट्याक्टर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको थियो। थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल रेडक्रस नारायणपुर उप शाखाकाे सभापतिमा काेइराला निर्विरोध चयन

टीकापुर/नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे २९ ओै अधिवेशनबाट सभापतिमा धनसरी कुमारी काेइराला निर्विरोध चयन हुनुभएको छ । त्यस्तै उप सभापतिमा भारती देवि वि.क., सचिवमा

अझै पढ्नुहोस्

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्