कैलारीको बनकट्टामा शान्ति संग्राहलयको समुदघाटन

शेयेर गर्नुहोस


धनगढी, २६ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा शान्ति संग्राहलयको उदघाटन गरिएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा द्वन्दकालमा ज्यान गुमाएका पीडित परिवारको दुखसुखको कुरा विसाउन छाहरीको रुपमा शान्ति संग्राहलयको निर्माण गरिएको हो ।

उक्त संग्राहलयको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शिवराज भट्टले गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उहाँ नेपालको संविधानमा सबैलाई बराबर हक प्रदान गरेको तर अहिलेपनि महिलालाई हेर्ने दुष्टिकोण फरक रहेको बताउनु भयो । पुरुष प्रधान भएकोले अलिक फरक दृष्टिले हेरिन्छ ।


एकल महिलालाई अहिले समस्या छ,’ मन्त्री भट्टले भने, ‘कमाउने मान्छे नभएकोले बालबच्चालाई कसुरी हुर्काउने, कसरी शिक्षा दिक्षा दिने यावत समस्या हुन्छ । अर्कोतिर आफनै प्रियजन घरका मान्छेबाट दुख पिडा दिएको देखिन्छ । जसको कारण महिला गलत निर्णय लिएको देखिन्छ ।’


उहाँले भने, ‘निश्चित रुपमा धेरै गाह्रा अप्ध्याराहरु छ । कानूनमा एकल महिलालाई विभिन्न किसिमका सेवा सुविधा दिने भनेको छ । तर त्यो उपयुक्त नहोला । त्यसको लागि प्रदेश सरकार के सम्बोधन गर्न सक्छ प्रतिवद्ध छ ।’
प्रदेश सभा सदस्य खिमा विष्टले आफूले १४÷१५ बर्षदेखि एकल महिलाको लागि आवाज उठाउदै आएको र अहिले अधिकार चाहिएको बताए ।

आब थोरै राहत दिएर पुग्दैन अधिकार चाहिएको छ,’ उहाँले भने, ‘अहिले विभिन्न क्षेत्रमा कोटाको व्यवस्था गरिएको हुन्छ राजनितिक क्षेत्रलगायत हरेक तहमा एकल महिलाको कोटा छुट्टिनु पर्छ । आफूले एकल महिलाका बालबालिका उच्च शिक्षाको व्यवस्था गरिनुपर्ने कुरा पनि उठाएको बताउनु भयो ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी बनकट्टामा नमूना र इतिहासको रुपमा शान्ति संग्राहलय स्थापना भएको बताउनु भयो ।

नेपालमा द्वन्द कैलारी गाउँपालिकाको वडा नम्बर ३ बाट सुरुवाट भएको हो,’ उहाँले भने,‘सशस्त्र द्वन्दकालको तथ्याङक हेर्दा पनि कैलारी गाउँपालिका सबभन्दा प्रभावित भएको छ । त्यसमा धेरै जनाले ज्यान गुमाए, दिडीबहिनीहरु अभिभावक विहिन बने । त्यसको परिपुरण र सुखदुखको कुरा राख्ने छहारीका लागि यो संचरना निर्माण गरेको हो ।’ एकल महिलालाई अधिकार दिन नीति बनाएर अगाडी बढने पनि उहाँले बताउनु भयो । कैलारी गाउँपालिकाले द्वन्दकालमा वितेका शहिदहरुको नाममा बाटोघाटोको नामाकरण गरेको अध्यक्षले बताए ।


कैलारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी बनकट्टा शान्ति संग्राहलय स्थापना गर्दै गर्दा २०७४ सालको अनुभव सुनाउदै एकल महिलाको पीडा कसरी राज्यसँग पुगाउने तिर लागेको बताए ।
समाजमा हेर्दा उहाँहरुको आर्थिक अवस्था एकदम कम्जोर थियो,’ उहाँले भने, ‘सामाजिक, राजनितिक तवरसे पहुँच नपुगेको अवस्था देख्दै गर्दा म आफू निर्वाचन हुँदा एकल महिलालाई संगठित गर्न, उहाँहरुको आवाजलाई माथि उठाउन एकल महिलाको लाग भवन बनाउन पहल गरे जुन आज शान्ति संग्राहलय बन्यो ।’


राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरिप्रसाद ज्ञवालीले सरकार तत्कालिन विद्रोही पक्षसँग गरेको सहमति अहिले पनि कार्यान्वयन नभएको बताए । द्वन्दकालमा आफन्त गुमाएर एकल भएको महिलाको पीडा धेरै छ,’ उहाँले भने ‘ एकल महिला पीडाका विच बाँच्न बाध्य छन । राज्यले गर्ने काम उहाँहरुको सम्मान पहिचान गर्नु पर्छ । शान्ति बाटिकाले उहाँहरुको मन शान्त गर्न ठुलो राहत पुगाउने छ ।’
कार्यक्रममा जर्मनका पिटरले द्वन्दकालमा आफन्ता गुमाएका परिवारले पीडा सहेर बाँचेको बताए । उहाँले भने पीडितका बालबच्चाले अभिभावक गुमाए । अहिले पनि अभावका जीवन जिउन बाध्य छन । त्यसको लागि राज्य गम्भीर हुन आवश्यक छ ।


कार्यक्रममे मानव अधिकारका लागि महिला एकल महिला समुहका केन्द्रीय अध्यक्ष कविता पाडे एकल महिलाहरु आब एकजुट भएर आउन जरुरी रहेको बताए । कैलारी गाउँपालिकामा स्थापना भएको यो शान्ति संग्राहलय एकल महिलाको शक्तिको रुपमा स्थापना भएको बताए । यस्तै छहारी अरु ठाउँमा पनि स्थापना भएकोले त्यस एकल महिलाले सुखदुखका कुरा विसाउने स्थल बनेको बताए ।
कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माको अध्यक्षतामा भएको थियो । भने सहजीकरण शान्ति परियोजना अधिकृत वेद अवस्थी र स्वागत मन्तव्य मानव अधिकारका लागि महिला एकल महिला समुहका केन्द्रीउ सदस्य भगवती हमालले गरेका थिए ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्