TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

शेयेर गर्नुहोस

सुखड/एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एटीएमको उद्घाटन गरे ।

विगत चार वर्ष देखि सुखडमा बैंकको शाखा सञ्चालन सुरु गरी सेवा दिँदै आएको एनएमबीले ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आज एटीएमको उद्घाटन गरेको हो । विगत १ वर्षदेखि सुखड शाखामा आफ्नो एटीएम सेवा सुचारु गर्ने प्रयास गरे पनि त्यो सफल नभएको र आज आएर सफल भएको एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रमुख श्याम अधिकारीले बताए । उक्त कार्यक्रममा विशिष्ट अथिति समेत रहेका अधिकारीले ‘केही समय यता ग्राहकहरू बढ्दै गएका र आफूहरुले पनि थप प्रविधिमैत्री हुँदै सेवालाई अगाडि बढाउने उद्देश्यले यस सेवालाई अगाडि बढाएको बताए ।’

साथै कार्यक्रममा प्रमुख अतिथि रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विगत १६ वर्ष देखि यस बैंकले राष्ट्रिय बैंकको रूपमा मान्यता प्राप्त गरेको र यसले जनप्रतिनिधिले चाहे अनुसार सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको भन्दै धन्यवाद दिए।

२०७४ वैशाख १७ गतेदेखि कञ्चन विकास बैंकको रूपमा सेवा दिँदै आएकोमा २०७७ भाद्र ६ गते एनएमबी बैंकसँग समाहित हुँदै एनएमबी बैंकको रुपमा सो बैंकले सेवा दिँदै आएको छ । हाल सम्म देशैभरि २ सय १ शाखा सञ्चालनमा ल्याएको छ । भने, देशभर आफ्ना १ सय ७७ एटीएम मेसिन राखी सकेको छ । १७७ औं एटीएमको रूपमा सुखड शाखाले एटिएम सुरु गरेको शाखा प्रबन्धक रमेश भाटले जानकारी दिए ।

साथै सोही एटीएम उद्घाटन कार्यक्रमको अवसर पार्दै बैंकले रक्तदान कार्यक्रको आयोजना गरेको छ। जसमा जम्मा ३४ पोइन्ट रगत जम्मा भएको बैंकले जनाएको छ। उक्त रक्तदान कार्यक्रममा ३४ जना सहभागी भएका थिए ।

सो कार्यक्रममा विभिन्न वैंकका प्रतिनिधिहरूका साथै कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड योजना ल्याएको छु मुख्यमन्त्री शाह

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड

अझै पढ्नुहोस्
पर्यटन

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

अझै पढ्नुहोस्