हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

शेयेर गर्नुहोस

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना बिद्यार्थीहरु लाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ।


बिगतका दिनहरुमा पनि सामुदायिक बिधालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक बिधालय हरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको थियो।


कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती निकै कमजोर भएका बिधालयमा अध्ययनरत बिद्यार्थी लाई सहयोग गरेकोमा फाउन्डेसन लाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसन सँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको ब्यक्त गर्नु भएको थियो।


बिधालय ब्यवस्थापन समिती अध्यक्ष भक्त बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुप बहादुर कुँवर,बिशिस्ट अतिथि वडा सदस्य बिरु सुनार,हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) रहनु भएको थियो। त्यस्तै अतिथिमा युवा ब्यवसायी टेक बहादुर बटाला,पुस्प बटाला,पृथ्वी बटाला,गोरख कुँवर, शिक्षक-शिक्षिका,फाउन्डेसनका पदाधिकारी,अभिभावक लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।


स्वागत सहितको सुभकामना मन्तब्य शिक्षक कालू बिस्टले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बिधालयका प्र.अ.उमाकान्त जोशी ले गर्नु भएको थियो।

ताजा खबर

LExpérience de Jeu « Chicken Road » : Principes et Caractéristiques

Co to jest Chicken Road w kontekście hazardu?

What is Pelican Casino: Overview and Key Features

Overview of PlayFrank Casino Gaming Experience

Czyli co oznacza Total Casino i jego charakterystyki

Overview of PowerUp Casino Online Gaming Platform Features.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।भदौ महिनाको अन्तिममा आयको

अझै पढ्नुहोस्