TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

५ दिने साइकल यात्रा डोटिको झिक्राना पुगेर सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु मङलबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड बाट फर्कियर डोटिको झिक्राना पुगेका छन् । ‘

पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा-२०८१ का साइकल यात्री बिहान खप्तड बाट फर्किएर झिक्राना पुगेका हुन् ।
अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुटहुदै ३ दिनमा खप्तड पुगेर तेहि रुट हुँदै फर्किएका हुन् ।सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको थियो ।

डडेलधुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २५ गते बिहान १० बजे झिक्राना पुगेर यात्राको समापन गरिएको थियो । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा .लि काठमाडौका प्रमुख छिन्डुम मेनक्पा भोटेले साइकल यात्रीहरुलाई गाइड गरेका थिए ।

खप्तडको त्रिबेणी धाम पुगेका सहभागीहरु मध्यका सबै भन्दा कान्छा साइकल यात्री कंचनपुर महेन्द्रनगरका १४ वर्षिय रमित भट्टले भने आफुले आज भन्दा २ बर्ष अघि मेची महाकाली साइकल यात्रा गरि सकेको तर खप्तड साइकल यात्रा पहिलो रहेको , खप्तड को बारेमा जे सुनिएको थियो त्यो प्रत्येक्ष रुपमा देख्न पाउँदा खुसी भएको बताए ।

साइकल यात्रामा सहभागी रहेका सबैभन्दा जेष्ठ सदस्य काठमाडौका ६५ वर्षिय नन्द कुमार महर्जनले भने सुदूरपश्चिम आएर साइकलमै खप्तड पुगौला भन्ने कुनै सोच तथा सपना सम्म देखेको थिएन तर सुदूरपश्चिम प्रदेशको पर्यटन इकाइले गर्दा आज नसोचेको कुरा पूरा हुन गयको मा खुसी रहेको बताए ।
उनले भने खप्तडमा पर्यटनको बिकासका धेरै सम्भावना बोकेको क्षेत्र रहेछ ,यहाँ भु बनोटले समतल पाटन , दहहरु , उकालो ओरालो बाटोहरु जादा कठिन भए पनि खप्तड पुगे पछि सबै दुख बिर्सिने रहेछ ।

तेस्तै साइकल यात्रामा सहभागी रहेका नवलपुर जिल्ला कावासुती सङ्गिता घलेले भनिन सुदूरपश्चिममा पर्यटनको थुप्रै सम्भावना रहेको छ , भु स्वर्गको रुपमा चिनिएको खप्तडमा अझै ब्यबस्थित हुन जरुरी छ , यहाँ आन्तरिक तथा बाहय पर्यटनहरु खप्तड पुग्दा बिरामि हुने हुदा उपचार केन्द्र , बस्नका लागि बासको ब्यबस्था भए अझ राम्रो हुने बताए । आफुले खप्तडमा विभिन्न थरिका गुराँस फुलेको , विभिन्न जातीका बन्यजन्तु देखेको , विभिन्न प्रजातिका बनस्पतिहरु देख्न पाएको , जादा साइकल चलाउन नमिल्ने ठाउँमस बोकेर लादाको दुख खप्तड पुगे पछि खुशिमा परिणत भएको बताए ।

अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरु सहभागी रहेका थिए ।
कार्यक्रमको समापन गर्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन , वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन इकाइ कायन्वयन इकाइका निमित्त प्रमुख डबल बहादुर बोहोराले सहभागीहरुलाइ धन्यवाद दिदै आगामी दिनहरुमा यस्ता पर्यटन बिकासका लागि सिर्जनात्मक काम गरि रहने , सुदूरपश्चिम प्रदेशलाइ पर्या पर्यटन बिकास गर्दै यहाँ रैथाने खाना , कला सस्कृतिक , प्राकृतिक , रहनसहन लाई प्रचारप्रसार गरि पर्यटन भित्र्याउने कार्यक्रम गर्ने बताए ।

साइकल यात्रीहरुलाइ डिभिजन बन कार्यलय डोटिले एक कार्यक्रम गरि शैलेश्वरी मन्दिर प्राङ्गणमा बिदाइ गर्दै डिभिजन बन कार्यलय डोटिका प्रमुख गोकुल रिजालले भने यस्ता रचनात्मक कार्यहरु , कार्यक्रमहरु सधै सहर केन्द्रित हुने गरेका थिए साइकल यात्रा ग्रामीण स्तरमा , दुरदराज गाउँ सम्म पुगेर त्यहाको रहन सहन ,बास्तबिकता बारेमा नजिक बाट बुझ्न पाइने , सुदूरपश्चिमको पर्यटकिय स्थलहरु पहिचान हुने , आगामी दिनमा पर्यटन ब्यबसाय लाई मुख्य उधोगको रुपमा हेरि , आर्य आर्जन पाटोको रूपमा बिकास गरि लगानी बढाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
समाचार

डडेल्धुरामा चितुवा मृत फेला

धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो । प्रहरी

अझै पढ्नुहोस्
समाचार

एकल महिला समुहका स्थानीय लिडरलाई क्षमता अभिवृद्धि तालिम

धनगढी/सीमान्तकृत महिलाहरुको समस्या, स्थानीय तहमा पहुँच आत्मनिर्भर तथा क्षमता अभिवृद्धि र सकारात्मक रुपान्तरण सम्बन्धी एकल महिला समुहका स्थानीय लिडरहरुका लागि कैलारी गाउँपालिकाको हसुलिया तीन दिने

अझै पढ्नुहोस्