५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश दवाब मुलक र्‍याली सहित सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढी उपमहानगर पालिकामा ५९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मार्च २१को सन्दर्भको अवसरमा दवाब मुलक र्‍याली निकालिएको छ ।


आत्मसात ,समानता र सामाजिक न्याय सहितको समृद्धिका लागि राजनैतिक हक ,जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भन्ने मुल नाराका साथ र्‍याली निकालिएको छ।

दलित सरकारी संस्था महासघ (डिएनएफ) सुदूरपश्चिम प्रदेश समिति, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चा र नेपाल दलित मुक्ति संगठनको आयोजना र जिल्ला स्थित विभिन्न सरकारी एंव गैरसरकारी निकायको सहकार्यमा उक्त र्याली निकालिएको थियो ।
दलित अधिकार सुनिश्चितता गर्न दबाब दिने उद्देश्यले दिवसको अवसरमा र्‍याली निकालिएको दलित गैर सरकारी संस्था महासंघका प्रदेश उप–सचिव राजेन्द्र रैकाले बताए ।

र्‍याली पछि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । उप सचिब रैका ले दलित समुदायले माग गर्दै आएको समानुपातिक प्रतिनिधित्व सहितको समावेशी लोकतान्त्रिक गणतन्त्र, विभेद रहित सामाजिक व्यवस्था निर्माण गर्न सर्बप्रथम राज्यले “जातीय विभेदलाई कडाभन्दा कडा दण्डनीय अपराधको रुपमा लिई त्यसमा संलग्न अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउनु पर्ने बताए । नेपाललाई वि.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।


सन् १९६० मा दक्षिण अफ्रिकामा त्यहाँको रंगभेदी कानूनको विरुद्धमा काला जातिले गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली चलाउँदा ६९ जना अधिकारकर्मीले ज्यान गुमाएको र ३०० भन्दा बढि प्रदर्शनकारी घाइते भएकोमा समानता र न्यायको लागि महत्वपूर्ण संघर्ष भएको दिनलाई स्मरण र सम्मानमा संयुक्त राष्ट्रसंघले सन् १९६५ मा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी जारी गर्दै २१ मार्चलाई जातीभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

दक्षिण अफ्रिकी अमेरिकी काला जातिका जनताको पीडा र नेपालका दलित समुदायको पीडा एकै खालको भएको, नेपालले उक्त महासन्धी सन् १९७१ मा अनुमोदन गरिसकेको परिप्रेक्ष्यमा यस दिवसलाई महान संघर्षको दिनको रुपमा नेपालका दलित समुदायले समेत मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् । धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय

अझै पढ्नुहोस्
समाचार

नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको मन्त्री साउँद

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन तालिम सुरु

जमुना न्युरे,कंचनपुर/कंचनपुरको मझगाउमा स्थित रानाथारु होमस्टेमा सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम आज बाट सुरु भएको छ । प्रकृति ,सस्कृती र पर्यटन नेपालको

अझै पढ्नुहोस्
समाचार

धनगढीमा मुटु जांच शिविर सम्पन्न

धनगढी/धनगढी उपमहानगरपालिकामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको संयुक्त आयोजनामा मुटु जाँच शिबिर धनगढी वडा ५ तारानगरमा सम्पन्न भएको छ

अझै पढ्नुहोस्