५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश दवाब मुलक र्‍याली सहित सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढी उपमहानगर पालिकामा ५९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मार्च २१को सन्दर्भको अवसरमा दवाब मुलक र्‍याली निकालिएको छ ।


आत्मसात ,समानता र सामाजिक न्याय सहितको समृद्धिका लागि राजनैतिक हक ,जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भन्ने मुल नाराका साथ र्‍याली निकालिएको छ।

दलित सरकारी संस्था महासघ (डिएनएफ) सुदूरपश्चिम प्रदेश समिति, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चा र नेपाल दलित मुक्ति संगठनको आयोजना र जिल्ला स्थित विभिन्न सरकारी एंव गैरसरकारी निकायको सहकार्यमा उक्त र्याली निकालिएको थियो ।
दलित अधिकार सुनिश्चितता गर्न दबाब दिने उद्देश्यले दिवसको अवसरमा र्‍याली निकालिएको दलित गैर सरकारी संस्था महासंघका प्रदेश उप–सचिव राजेन्द्र रैकाले बताए ।

र्‍याली पछि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । उप सचिब रैका ले दलित समुदायले माग गर्दै आएको समानुपातिक प्रतिनिधित्व सहितको समावेशी लोकतान्त्रिक गणतन्त्र, विभेद रहित सामाजिक व्यवस्था निर्माण गर्न सर्बप्रथम राज्यले “जातीय विभेदलाई कडाभन्दा कडा दण्डनीय अपराधको रुपमा लिई त्यसमा संलग्न अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउनु पर्ने बताए । नेपाललाई वि.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।


सन् १९६० मा दक्षिण अफ्रिकामा त्यहाँको रंगभेदी कानूनको विरुद्धमा काला जातिले गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली चलाउँदा ६९ जना अधिकारकर्मीले ज्यान गुमाएको र ३०० भन्दा बढि प्रदर्शनकारी घाइते भएकोमा समानता र न्यायको लागि महत्वपूर्ण संघर्ष भएको दिनलाई स्मरण र सम्मानमा संयुक्त राष्ट्रसंघले सन् १९६५ मा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी जारी गर्दै २१ मार्चलाई जातीभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

दक्षिण अफ्रिकी अमेरिकी काला जातिका जनताको पीडा र नेपालका दलित समुदायको पीडा एकै खालको भएको, नेपालले उक्त महासन्धी सन् १९७१ मा अनुमोदन गरिसकेको परिप्रेक्ष्यमा यस दिवसलाई महान संघर्षको दिनको रुपमा नेपालका दलित समुदायले समेत मनाउने गरेका छन् ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !