TRENDING
Next
Prev

१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।
एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना नेपालको विभिन्न रामसार तथा सिमसार क्षेत्रमा वेटल्याण्ड्स इन्टरनेशनलको आयोजनामा चरा सरक्षण नेटवर्क कैलालीले सहकार्यमा जलपन्क्षी गणना कार्य भएको हो ।

एसियन बर्ड नेपाल पंक्षीविद् सङ्घको अगुवाइमा देशभरिका जलाशय ,सिमसार , रामसार क्षेत्रहरुमा एकै साथ स्थानीय संयोजक तोकेर जलपंक्षी गणना गरिएको हो । 

सोही अनुरुप घोडाघोडी सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले गणना कार्यको संयोजन गरेका छन् । मङ्गलबारदेखि गणना सुरु भएको थियो । सिमसार क्षेत्र घोडाघोडी ताल, नगकरोड ताल , बैसहुवा , रामफल , बुढियानकरोड लगायत वरपरका तालतलैयामा तीनदिनसम्म जलपंक्षी गणना गरिएको जनाउँदै नेटवर्कका अध्यक्ष चौधरीले १हजार १सय २३ संख्यामा जलपंक्षीको गणना भएको जनाकारी दिए । उनले भने गणना समेटिएका चराहरुमध्ये २६ प्रजातिका जलपंक्षी रहेकोसमेत उल्लेख गरे ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी पहिलो दिन घोडाघोडी ताललाई तीन भागमा छुट्याएर तीन समूहले जलपंक्षी गणना गर्ने कार्य गरेको जानकारी दिए । साथै उनले दोस्रो र तेस्रो दिन घोडाघोडी सिमसार क्षेत्रकै अन्य तालतलैयामा जलपंक्षी गणना कार्य सकेको बताए । घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीताल लगायत २४ वटा तालतलैया छन् ।

नेटवर्कका अध्यक्ष एवं गणना संयोजक चौधरीले भने “सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपंक्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिदै आयको छ ।

घोडाघोडीमा ३८२ प्रजातिका चरा रहेको र त्यसमध्ये ७४ प्रजातीका जलपंक्षी रहेको तथ्याङ्कमा उल्लेख छ । जाडो र गर्मी समयमा घोडाघोडीमा चरा गणना हुने गर्दछ । गत वर्ष घोडाघोडी क्षेत्रमा १हजार १ सय २३जलपंक्षी गणना हुँदा दुई नयाँ प्रजातिका चरा भेटिएको रेकर्डमा उल्लेख छ । 

जलपंक्षी गणना संयोजक चौधरीले नेटवर्कका पदाधिकारी सदस्य, विभिन्न सामुदायिक वनका सदस्य, चोरी सिकारी नियन्त्रण दलका सदस्यलगायत संरक्षणकर्मी जलपंक्षी  गणनामा सहभागिता रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आवधिक योजनाबिनै नीति, कार्यक्रम तथा बजेट ल्याउँदै स्थानीयतहहरु

धनगढी– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको जनप्रतिनिधिले आफनो कार्यकालको तेस्रो नीति, कार्यक्रम तथा बजेट ल्याउँदै छ। तर, यसअवधिमा हालसम्म नगरको आवधिक योजना तयार पारेको

अझै पढ्नुहोस्
Highlights

तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा स्थानीय तरकारीहरु फालिएका छन् । हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नजविकरण नभएको भन्दै नगर प्रहरीले

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख प्रधान सेनापती सिग्देलबिच भेटघाट

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ। भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम

अझै पढ्नुहोस्