१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।
एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना नेपालको विभिन्न रामसार तथा सिमसार क्षेत्रमा वेटल्याण्ड्स इन्टरनेशनलको आयोजनामा चरा सरक्षण नेटवर्क कैलालीले सहकार्यमा जलपन्क्षी गणना कार्य भएको हो ।

एसियन बर्ड नेपाल पंक्षीविद् सङ्घको अगुवाइमा देशभरिका जलाशय ,सिमसार , रामसार क्षेत्रहरुमा एकै साथ स्थानीय संयोजक तोकेर जलपंक्षी गणना गरिएको हो । 

सोही अनुरुप घोडाघोडी सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले गणना कार्यको संयोजन गरेका छन् । मङ्गलबारदेखि गणना सुरु भएको थियो । सिमसार क्षेत्र घोडाघोडी ताल, नगकरोड ताल , बैसहुवा , रामफल , बुढियानकरोड लगायत वरपरका तालतलैयामा तीनदिनसम्म जलपंक्षी गणना गरिएको जनाउँदै नेटवर्कका अध्यक्ष चौधरीले १हजार १सय २३ संख्यामा जलपंक्षीको गणना भएको जनाकारी दिए । उनले भने गणना समेटिएका चराहरुमध्ये २६ प्रजातिका जलपंक्षी रहेकोसमेत उल्लेख गरे ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी पहिलो दिन घोडाघोडी ताललाई तीन भागमा छुट्याएर तीन समूहले जलपंक्षी गणना गर्ने कार्य गरेको जानकारी दिए । साथै उनले दोस्रो र तेस्रो दिन घोडाघोडी सिमसार क्षेत्रकै अन्य तालतलैयामा जलपंक्षी गणना कार्य सकेको बताए । घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडीताल लगायत २४ वटा तालतलैया छन् ।

नेटवर्कका अध्यक्ष एवं गणना संयोजक चौधरीले भने “सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरुको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपंक्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिदै आयको छ ।

घोडाघोडीमा ३८२ प्रजातिका चरा रहेको र त्यसमध्ये ७४ प्रजातीका जलपंक्षी रहेको तथ्याङ्कमा उल्लेख छ । जाडो र गर्मी समयमा घोडाघोडीमा चरा गणना हुने गर्दछ । गत वर्ष घोडाघोडी क्षेत्रमा १हजार १ सय २३जलपंक्षी गणना हुँदा दुई नयाँ प्रजातिका चरा भेटिएको रेकर्डमा उल्लेख छ । 

जलपंक्षी गणना संयोजक चौधरीले नेटवर्कका पदाधिकारी सदस्य, विभिन्न सामुदायिक वनका सदस्य, चोरी सिकारी नियन्त्रण दलका सदस्यलगायत संरक्षणकर्मी जलपंक्षी  गणनामा सहभागिता रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएनन

धनगढी/कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा

अझै पढ्नुहोस्
खेलकुद

धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्
खेलकुद

फाप्लामा कैलाली प्रीमियर लिग शुरु,उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

धनगढी / जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तर पालिका कैलाली प्रीमियर लिग T20 प्रतियोगिता शुरु भएको छ । सोमबार एक औपचारिक

अझै पढ्नुहोस्