१६ औं राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइयो

शेयेर गर्नुहोस


जमुना न्युरे/ कैलाली जिल्ला स्थित गोदावरी नगरपालिका वडा नं १,अत्तरियामा स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य रुपमा मनाइएको छ । १६ औं पुस्तकालय दिवसको उपलक्षमा गोदावरी नगरपालिका क्षेत्र भित्र पर्ने गरी अन्तर मा.वि.स्तरीय कविता प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।


आज भएको उक्त कार्यक्रमको सभापतित्व यस पुस्तकालयका अध्यक्ष श्री पुष्पराज जोशीज्यूले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय श्री जानकी पौडेल कुँवर रहनुभएको थियो भने, विशिष्ट अतिथिमा अत्तरिया स्थित श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री नरेन्द्रबहादुर ऐर एवम् दुर्गा लक्ष्मी नमुना मा.वि.का अध्यक्ष श्री गणेशबहादुर शाह रहनुभएको थियो । संस्थाका सह–सचिव भूपेश जोशीले सञ्चालन गर्नु भएको कार्यक्रमकोे शुभारम्भ पुस्तकालयका वर्तमान उपाध्यक्ष एवम् कार्यक्रम संयोजक यज्ञराज हमालको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो । प्रमुख अतिथि माननीय जानकी पौडेल कुँवरज्यू एवम् आमन्त्रित विशिष्ट अतिथिज्यूहरुले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।


गोदावरी नगरपालिका क्षेत्र भित्र पर्ने गरी अन्तर मा.वि.स्तरीय कविता प्रतियोगिता कार्यक्रम शुरुवात गरिएको थियो । प्रतियोगी विद्यार्थीहरुलाई आयोजक प्रतिभा सामुदायिक पुस्तकालयको तर्फबाट कविताको शीर्षक ‘ज्ञानका लागि पुस्तक’ यस अघि नै संप्रेषण गरिएको थियो । आज भएको उक्त प्रतियोेगितात्मक कार्यक्रममा गोदावरी नगरक्षेत्र भित्रका कुल १५ वटा माध्यमिक विद्यालयहरुबाट आएका २७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

सो कविता प्रतियोगिताका निर्णायकहरुमा डोटी क्याम्पसका पूर्व प्राध्यापक तीर्थराज जोशी निर्णायक संयोजक रहनेगरी साहित्यकार कृष्णराज ओझा र साहित्यकार तारा भट्ट पल्लवी निर्णायक सदस्य रहनुभएको प्रतिस्पर्धात्मक कार्यक्रममा सैनिक आवासीय महाबिधालय तेघरीकि छात्रा लक्षमि जैसी प्रथम,दुर्गालछ्मी नमुना मा.बि.अत्तरियाकि छात्रा नितिका अवस्थी,सैनिक आवासिय महाबिधालय तेघरीका छात्र प्रबिण भन्डारी,सान्त्वना सत्यवती एकेडेमी कैलालीका छात्र राजेश कठायत र जे.के.सेकेन्डरि स्कुलकि छात्रा हिमाली रावल लाई प्रमाणपत्र,नगद र ट्रफी बितरण गरिएको पुस्तकालय समिती सदस्य हेमन्त बाजे ले जानकारी दिनु भएको थियो।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !