१५ औं महाधिवेशनमा सभापति जित्ने कोइरालाको उद्घोष

शेयेर गर्नुहोस

 धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १५ औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् ।

काइरालाले सभापतिमा चुनाव लडेने र जित्नेमा पनि आफु सतप्रतिशत ढुक्क रहेको बताए । १४ औ महाधिवेशनमा आफु संगै लगेको टिम अहिले पनि दाया बाँया नभएको उनले बताए । महामन्त्री थापा पनि आफु संगै भएको कोइरालाले दावी गरे । नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको छ , पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेको बताए ।

काइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । नेता डा शेखर कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्ने उनले बताए । नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको दावी गरे । सरकार बनेको ५ महिना भयो, अब सुधार गर्दै अघि बढनु पर्ने उनले बताए । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेका ले सरकारले गतिमा सुधार ल्उाएनुपर्ने बताए ।

ताजा खबर

Drumul Păsării Peștișori Câștig

La Calle de los Pollos en el Camino del Juego

Das Königliche Pandabecken der Glücksspielwelt

Eierweg zum Glücksspiel auf dem Hinterhof von Las Vegas, der Geheimnisse von Chicken Road enthüllt

Juego de Cámara de Tráfico

Kraj Drozdów 2 – Główny Bonus Przeplatany Wiatrem

सम्बन्धितखवर

छुटाउनु भयो कि !