टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको बिराेधमा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन । बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताउनुभयाे ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको बताउनुभयाे । ‘यस अघि चक्कु प्रहारबाट ज्यान गएको जानकारी आएको थियो,’ सापकोटाले भने, ‘तर घटनामा खुकरी प्रयोग भएको रहेछ। घटनास्थल नजिकैबाट खुकरी बरामद भएको छ।’

हत्यामा संग्लन भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरिएको बताउनुभयाे ।
करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको थियाे ।