स्थानीय निर्वाचनमा टीकापुरमा १५ वटा मतदान स्थल, ५२८७२ मतदाता

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिका वडा नं. १ मा २ वटा मतदान स्थल र २१ वटा मतदान केन्द्र रहेका छन् ।

वडा नं. १ मा खड्ग स्मृति माध्यमिक बिधालय र बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिधालय रहेका छन् । खड्ग स्मृतिम माविमा ८ हजार ४ सय ३८ जना मतदाताको नामावली रहेको छ भने बिरेन्द्रमा १२ हजार ८ सय ३० जना मतदाताको नामावली रहेको छ ।

त्यसैगरी वडा नं. २ मा एउटा मतदान स्थल जनजागृती माध्यमिक बिधालय सितापुरमा रहेको छ । जसमा पाँचवटा मतदान केन्द्र रहनेछन् भने ५ हजार २ सय ९८ मतदाता रहेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ मा दुईवटा मतदान स्थल रहेका छन् । जसमा पदमा आधारभूत बिधालय घिया र हिमालय माध्यमिक बिधालय घियापुछरी रहेका छन् ।

वडा नं. ३ मा ३ हजार ३ सय ४७ मतदाता रहेका छन् । वडा नं. ४ मा जनप्रकाश माध्यमिक बिधालय बाघमारा र थ्री स्टार एजुकेशन होममा मतदान स्थल कायम गरिएको छ भने ३ हजार ३ सय १२ जना मतदाता रहेका छन् ।

वडा नं. ५ मा राष्ट्रिय माध्यमिक बिधालय मनिकापुर र त्रिभुवन माध्यमिक बिधालय मौरनिया, बसन्ता मतदान स्थल कायम गरिएको छ भने ४ हजार ९ सय ५२ मतदाता रहेका छन् । वडा नं. ६ मा राष्ट्रिय माध्यमिक बिधालय बेलुवा र खड्क आधारभूत बिधालय भगवानपुरमा मतदान स्थल कायम भएको छ भने ३ हजार ५ सय १७ मतदाता रहेका छन् ।

वडा नं. ७ मा कर्णाली माध्यमिक बिधालय सत्ती र जनता माध्यमिक बिधालय सोनाफाटामा मतदान स्थल कायम गरिएको छ । वडा नं. ७ मा ४ हजार ६ सय ८२ मतदाता रहेका छन् । वडा नं. ८ मा राष्ट्रिय माध्यमिक बिधालय अरुणाफाटा र त्रिभुवन माध्यमिक बिधालय बट्टनपुर रहेका छन् ।

वडा नं. ८ मा ४ हजार २२ मतदाता रहेका छन् । वडा नं. ९ मा सेतिमैया चौधरी माध्यमिक बिधालय झुंगा एकमात्र मतदान स्थल रहेको छ भने २ हजार ४ सय ७४ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्
समाचार

खप्तडमा लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार

धनगढी/ खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ। लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश

अझै पढ्नुहोस्
समाचार

सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता

अझै पढ्नुहोस्