सेती प्रादेशिक अस्पतालमा बन्यो १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट

शेयेर गर्नुहोस

धनगढी,११ माघ/ सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली सङ्घले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो।

स्वास्थय तथा जनसंख्या मन्त्रालय काठमाडौंको सहकार्यमा गैरआवासीय नेपाली सङ्घले प्लान्ट हस्तान्तरण गरेको हो ।
बिरामी हुने धेरैलाई श्वास प्रश्वासको समस्या अधिक हुने र त्यहीं समस्याको समाधानका लागि अक्सिजन प्लान्टलाई प्राथमिकता राखेको बताउँदै , कुनै पनि बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने समस्यालाई कम गर्न अक्सिजन प्लान्ट निर्माण गरिएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले बताए।
कोरोना महामारीको बेला धेरैले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको बताउदै अब सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनि अक्सिजन प्लान्ट नै निर्माण गरिएको सङ्घका अध्यक्ष केसीको भनाई छ।

सेती प्रादेशिक अस्पतालमा अब अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएको खबर सुन्न पाइने छैन। अक्सिजनको बिरुवा नै रोपेर गैर आवासीय नेपाली सङ्घले गरेको यो सहयोग एकदमै ठुलो रहेको सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर शाहाले बताए। अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहाले बताए।

अक्सिजन प्लान्ट १ करोड २० लाखको लागतमा निर्माण भएको हो । जस बाट अब प्रति घण्टा ८ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ।

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रमको प्रमुख आतिथ्यता सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले गर्ने भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी –३ को वडा भवनको उद्घाटन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा रहेका वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको सोमबार नगर प्रमुख खडक बहादुर रावत र उप–प्रमुख गुलिया

अझै पढ्नुहोस्
समाचार

सुप साहित्य समाजले धनगढीमा प्रथम नाटककार पहलमानसिंह स्वार जयन्ती मनाइयो

धनगढी,सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली साहित्यका विराट प्रतिभा प्रथम वियोगान्त नाटककार स्व. पहलमान सिंह स्वारको १४६औँ जन्म जयन्ती मनाईयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले स्व. स्वारको

अझै पढ्नुहोस्
राजनीति

जनप्रतिनिधिले निर्वाचनमा भाग लिन चाहे राजीनामा दिनुपर्ने

टीकापुर/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आचारसंहिता जारी गरेको छ । आज राजपत्रमा आज प्रकाशित आचार संहिता अनुसार स्थानीय तहका आउँदो निर्वाचनमा

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्