सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड हटाइने

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलाली जिल्लामा पछिल्लो समयमा नसर्ने रोग बाट मृत्यु संख्या बढे सङ्गै नेपाल सरकारले सुर्तीजन्य तथा मन्दिराजन्य पदार्थको बिज्ञापन तथा होडिङ्ग बोर्ड राख्न निरुत्साहित गर्ने कार्यक्रम सुरुवात गरेको छ।

प्रादेशिक स्वस्थ्य प्रवदन केन्द्र कंचनपुरले आज हटाउनका लागि पत्राचार गरेको छ ।
विशेष गरेर ड्ब्लु .एच .ओ (W.H.O ) को एक तथ्यांक अनुसार नेपालमा नसर्ने रोग बाट बर्सेनि करिब ७१% मानिसहरु ग्रसित रहेका भैरहेका छन ।

विभिन्न रोगहरुमा कुल मृत्यु को ७१% भार नसर्ने रोग बाट हुने गर्द्छ ।मुख्य गरि नर्सने रोगमा मुटु रोग ,क्यान्सर ,मधुमेह र स्वासप्रस्वास सम्बन्धि दिर्घ रोगी यि चार नसर्ने रोगबाट अल्पाआयु ८० % मानिसहरु मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
नेपाल सरकारले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा कडाइ गर्न र ठूला ठुला होडिङ्ग बोर्ड मार्फत प्रचारप्रसार गर्न रोक लगाउने सर्बोच्च अदालतमा फागुनको ११ गतेको रिट परे पछि फैसला गरे सङै कैलालीमा पनि प्रमुख जिल्ला अघिकारिको सयोजकत्वमा सरोकारवाला निकाए सङ बैठक बसि यस्ता बोर्ड हटाउने निर्णय गरेको छ ।

नर्सने रोग एक प्रमुख कारक तत्वका रुपमा रहेको सुर्ती जन्य तथा मदिराजन्य पदार्थ सेवन हो जसले गर्दा जनस्वास्थ्यमा विभिन्न किसिमका गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरु देखा पर्ने गर्दछ्न ,

सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सहज बिक्रीवितरण तथा बिज्ञापनले नया प्रयोग कर्ताहरुलाइ उत्साहित बनाउने र यस्ता प्रचार सामाग्रीले सामाजिक र सस्कृतिक सौर्न्दर्यता खलल पुग्ने सङ्गै नागरिकको व्यक्ति गत , स्वास्थ्य ,सामाजिक ,आर्थिक अवस्थामा समेत असर पर्ने गर्दछ ।

कानुन अनुसार नेपाली उत्पादक, विज्ञापन एजेन्सी वा नेपाली सञ्चारमाध्यमले कुनैपनि स्थान र माध्यमवाट मदिराको विज्ञापन गर्न नपाउने तर विदेशी ब्राण्डले विदेशी सञ्चार वा एजेन्सी मार्फत निरन्तर रुपमा आफ्नो ब्राण्डको प्रवर्द्धन गर्न पाउने अवस्थाले स्वदेशी लगानी र ब्राण्डमा समेत असर गर्ने उनीहरुको भनाइ छ ।
मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिएको भन्दै नेपालमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै हुन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समयमा किराना पसलमा सुर्ती चुरोट , गाउँ घरमा किराना मै मदिरा बिक्रि गरियको , बिधालय को छेउछाउमा साना साना बालबालिकाहरुलाई बढि प्रयोग सुर्तीजन्य पदार्थ बिक्रि गरेको पाइन्छ ।
प्रादेशिक स्वस्थ्य प्रवदन केन्द्र कंचनपुरका प्रमुख हेमराज खडकाले भने अब यस्ता सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिज्ञापन बोर्ड हटाउनका लागि
कैलाली र कंचनपुरका सबै स्थानीय तहलाई पत्राचार गरियको बताए , खडकाले भने यो कार्यक्रम डोटि , डडेल्धुरा र कैलाली जिल्लामा प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा गरि सकियको छ । यसरी पत्राचार गरियको छ केही समयमा सबै सरोकारवाला निकाए सयुक्त अनुगमन तथा बोर्ड हटाउने कार्य हुने बताए ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्
समाचार

दुई दिने अभिमुखिकरण तालिम सुरु

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको पहलमानपुरमा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सुरु भएको छ । कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा

अझै पढ्नुहोस्
राजनीति

फागुन १६ गते एमसिसीको बिरुद्धमा नेपाल बन्दकाे घाेषणा

टीकापुर/सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणी सहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला १६ गते नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसी बिरोधि

अझै पढ्नुहोस्