सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

शेयेर गर्नुहोस

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।

अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए ।

“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गुँड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ”, ऐरले भने, “योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ ।” नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिए । निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गुँडड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए ।

“रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँडड लगाउने गर्दछ । गुँडड बनाएर यसले बच्च जन्माउने गर्दछ”, ऐरले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ”, उनले भने ।

गत वर्ष गरिएको अनुगमनबाट निकुञ्जमा सुनौलो तोप दुई सय ११ को सङ्ख्यामा देखापरेको बताउँदै सूचना अधिकारी ऐरले अघिल्लो वर्ष दुई सय ४४ को सङ्ख्यामा देखापरेका जानकारी दिए । “किसानको साथीका रूपमा रहेको उक्त चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ”, उनले भने, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रुखमा गुँड लगाउने यसको विशेषता रहेको ऐरले बताए । उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै चार सय २३ प्रजातिका चरा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । तीमध्ये १९ किसिमका दुलर्भ प्रजातिमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

समानुपातिक सांसद गिरीलाई पदमुक्त

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा

अझै पढ्नुहोस्
समाचार

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार

अझै पढ्नुहोस्
समाचार

धान दिवसको अवसरमा शुभकामना आदानप्रदान

टिकापुर/नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना कार्यक्रममा नेपाल पत्रकार

अझै पढ्नुहोस्
समाचार

तिहारपछि प्रदेश निजामती कर्मचारी नियमावली बन्छ : मुख्यमन्त्री शाह

धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसंगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।आइतबारदेखि शुरु भएको जिल्ला समन्वय

अझै पढ्नुहोस्