सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु

शेयेर गर्नुहोस

सुखड/कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनकाे छतबाट बुधबार राति हाम फालेकाे बताए ।

छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा घाेडाघाेडी अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे बताए ।

शाहीकाे निधार, गर्धन, कम्मर र दुवै हातमा चाेट लागेकाे देखिएकाे बताए । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनकाे छतबाट हाम फालेकाे बुझिएकाे बताउँदै घटनाबारे अनुसन्धान जारी रहेकाे बताए ।

तर, मृतकका परिवारले भने घटनाकाे प्रकृति हेर्दा शाहीकाे भवितव्य नभएर हत्या गरिएको आराेप लगाएका छन् ।

मृतकका बुवा धनराज शाहीले छाेराकाे हत्या गरेकाे भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छाेरालाई भेटघाट गर्न नदिएकाे दाबी गर्दै कुटपिट गरेर छाेराकाे हत्या गरिएको बताए ।
लागुऔषध प्रयाेगकर्ता रहेका शाहीलाई परिवारले सुधार केन्द्रमा गत पुसमा राखेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

टीकापुर/ नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा सुखडमा रहेकाे नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको भरखरै मात्र नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको नकरोड ताल चराहरु को रोजाइमा पर्न थालेको छ

अझै पढ्नुहोस्
समाचार

बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ । आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल

अझै पढ्नुहोस्