खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान

शेयेर गर्नुहोस

जमुना न्युरे,खानिडाडा/खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले खानीडाँडा पुगेको साईकल यात्रीहरुको टोलीलाई सम्मान सहित धनगढीका लागि विदाई पनि गरेका हुन ।

‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा–२०८१ का साइकल यात्रीहरुले साईकलमै खप्तडको यात्रा गरेका थिए । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौले उक्त साईकल यात्रा आयोजना गरेको हो ।

सुदूरपश्चिमको पर्यटन प्रर्वद्धनका लागि केन्द्र तहबाट आएको टोलीको उत्साह जगाउन आफुले साईकल यात्रीहरुलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष बोगटीले बताए । उनले सुदूरपश्चिमको सम्पुर्ण पर्यटन विकासलाई टेवा पुर्‍याउने किसीमको यो साईकल यात्रा भएको पनि बताए ।

‘पर्यटनको विकास सबैले गर्नुपर्छ, यसले भोलीको दिनमा रोजगारीको पनि सृजना गर्न सक्छ’ उनले भने ‘यहाँका हिमाल, पहाड, छहरा, भन्ज्याङ्ग, मठमन्दिर लगायतका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न सक्यो भने हामीले राम्रो आम्दानी गर्न सक्छौ ।’ उनले उक्त साईकल यात्राले यहाँका पर्यटकिय क्षेत्रहरुको प्रचारमा अहम भुमिका निर्वाह गरिरहेको पनि बताए ।

डडेलधुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २५ गते बिहान १० बजे झिक्राना पुगेको थियो । त्यता बाट फर्किएको उक्त टोलीलाई विभिन्न पालिकाहरुमा स्वागत गर्ने क्रम जारी रहेको छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरियाली सा .ब को साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १३ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्