सुदूरपश्चिम सरकारका वन मन्त्री बस्दैनन् मन्त्रालयको मन्त्रीनिवासमा

शेयेर गर्नुहोस


धनगढी, १८ मंसिर / सुदूरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी मन्त्रालय ले दियको आवास गृहमा नबसेरै आफ्नो घर टीकापुरबाट ओहोर दोहोर गर्दै आउनु भएको छ । मन्त्रालयको क्वाटरमा नबसेर दैनिक १ सय १० किलो मिटरको दुरीमा यात्रा गरेर मन्त्रालयमा आइरहेका उनका स्वकीय सचिव नविन थापाले जानकारी दिए ।

मन्त्री निवास (क्वार्टर )व्यवस्थित नहुँदा राता कमिलाले बस्न गाह्रो भएको छ,’ मन्त्री चौधरीले भने,‘क्वार्टर मर्मत सम्भारका लागि भनेको छु ।’ आफू दसैँपछि क्वाटरमा नबसेको उनले बताए । उनले भने,‘कमिलाकै डरले म त्यहाँ बस्न सकिनँ, त्यसैले टीकापुर घरबाटै मन्त्रालय आउजाउ गर्छु ।’ 

यता उनका प्रमुख स्वकीय सचिव नवीन थापा मन्त्रीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै आउजाउ गरिरहेको बताए । ‘केही दिन पहिला मन्त्री चौधरीले राता कमिलाले सताउने गरेको बताए पनि उहाँको स्वास्थ्यलाई मध्यनजर गर्दै घरबाटै आउजाउ गर्नुहुन्छ,’ उनले भने,‘उहाँको घर कर्णाली नदी नजिकै भएकाले कर्णाली नदीको माछा पनि खान पाइने र त्यसले स्वास्थ्यलाई पनि फाइदा हुने भएकाले टीकापुरबाटै मन्त्रालय आउजाउ गर्ने बताए ।’ 

स्वकीय सचिव थापाका अनुसार मन्त्री चौधरीको मिर्गौलामा समस्या छ । मन्त्री चौधरी नियमित डायलाइसिस गर्छन् । माछा खाँदा स्वास्थ्य राम्रो हुने भएकाले पनि मन्त्री चौधरी टीकापुर नै आउजाउ गरिरहनु भएको कुरा उनका प्रमुख स्वकीय सचिव थापाले बताए । 

मन्त्रीलाई मन्त्रालयको क्वाटरमा बस्न असहजता हुने र किट्नीका बिरामी समेत भएकाले दैनिक आफ्नै घरमा जाने गरेको स्वकिय सचिव थापाले बताए ।

मन्त्री चौधरीले क्वाटर भएर पनि क्वाटरमा नबसेर दैनिक टीकापुरबाट ओहोर दोहोर गर्दा फजुलमा इन्धन खर्च उनले मन्त्रालय दिने इन्धन खर्चले नपुगेर उनी कहिले डिभिजन वन कार्यलय त कहिले सब डिभिजन वन कार्यलय तेलको कुपन माग्न पुग्ने गरेका छन् ।
इन्धन खर्च भैरहेको भनि आम नागरिकले आलोचना समेत गरिरहेका छन् ।

ताजा खबर

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कारबाहीका लागि प्रकाउ परेका बडैलालाई भगाय मन्त्री धामिले

जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत

अझै पढ्नुहोस्
समाचार

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

धनगढी/गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।   मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका

अझै पढ्नुहोस्