सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नेपाली सेना प्रमुख प्रधान सेनापती सिग्देलबिच भेटघाट

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गरेका हुन्। सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ। त्यसको लागि उनी कैलाली पुगेका हुन्। भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । मंगलबार भूमि समस्या

अझै पढ्नुहोस्
समाचार

कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि

टीकापुर/ कर्णाली नदिमा पानिकाे सतह चेतावनी तह भन्दा माथि पुगेको छ । आज बिहान ७:०० बजे कर्णाली नदि चिसापानी जलमापन केन्द्रमा पानीको सतहले चेतावनी तह

अझै पढ्नुहोस्
समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्
राजनीति

टीकापुर १ एकतानगरमा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ एकतानगर शिविरमा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्