सुदुरपश्चिममा नेकपा एसद्वारा नेताहरूको कार्य विभाजन

शेयेर गर्नुहोस

टीकापुर/ ने.क.पा. (ए.स.) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाउनु भएकाे छ ।

डडेल्धुरा जिल्लाका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ।
शाहले प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको जानकारी दिनुभएकाे छ । उहाँले दार्चुलाकाे इन्चार्जमा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको बताउनुभयाे ।

कैलालीमा दीर्घ सोडारी, डोटीमा हर्कबहादुर सिंह, बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अख्तियारद्वारा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।आयोगले आर्थिक वर्ष २०८०/०८१ चौतिसौं वार्षिक प्रतिवेदन प्रदेश

अझै पढ्नुहोस्