सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

शेयेर गर्नुहोस


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव पदस्थापन गर्ने निर्णय गरेको छ।


मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदमराज देवकोटालाई पदस्थापन गर्ने निर्णय गरेको हो।


मन्त्रालयहरूमा सचिवको पद रिक्त हुँदा बजेट निर्माणलगायत मन्त्रालयका नियमित काम प्रभावित हुँदै आएको अवस्थामा प्रदेश सरकारले सचिव पदस्थापन गरेको हो। सचिव पदपूर्तिसँगै बजेट निर्माण प्रक्रियामा देखिएको ढिलाइ हटाउँदै कामलाई थप गति दिने अपेक्षा गरिएको छ।


यसअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा हुनुभएका उत्तमकुमार खत्री सोमबार प्रदेशमा उपस्थित भइसक्नुभएको छ। प्रमुख सचिवको उपस्थितिसँगै मन्त्रालयहरूमा सचिवको पदस्थापनसमेत भएपछि प्रदेश सरकारको बजेट निर्माण तथा कार्यसम्पादनले थप गति लिने अपेक्षा गरिएको छ।

ताजा खबर

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Безопасные азартные игры на Вавада в 2026 году

Безопасные азартные игры на Вавада в 2026 году Чтобы обеспечить надежность своих развлечений, начните с тщательной проверки доступных функций безопасности. Включите двухфакторную аутентификацию при создании

अझै पढ्नुहोस्