सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ । कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ ।


घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न । चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुन्साधन गरिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

गर्मीको समयमा चराहरुले बच्चा कोरल्ने समय भयकाले यो पटकको गणनामा घोडाघोडी बर्ड सेन्चुरी घोषणा पछिको पनि निरन्तर रुपमा गरियको हो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भयको छ । बगाले सिमकुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिमकुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत का चरा आज बचेरा सहित देखा परेका गणक टोलि का प्रमुख दयाराम चौधरी ले जानकारी दियका छ्न।

घोडाघोडी तालमा ८ जना को गणना टोलि तालमा पुगेको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । । गणक टोलि ले घोडाघोडी ताललाइ तीन खन्डमा बिभाजन गरि एकै समयमा गणना गरेको छ। गणना दुई दिन सम्म गरियको हो ।देश भरिमा प्रकृतिप्रेमी जलपन्छी गणना उत्सब को रूपमा असारको पहिलो
साता गर्ने भनिय पनि यो पटक बर्षाद कम भएकोले . घोडाघोडीमा अन्तिम साता जलपन्छी गणना गरिन्छ।
गणनामा अधिल्लो गर्मि समयमा अघिल्लो गणनामा ३ सय १० , जलपक्षिं १७ प्रजातिका ५ सय ९८ वटा संख्यामा पाएको चौधरीले बताए ।।

ताजा खबर

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !