सुकुम्बासी र अव्यवस्थित बसोवासीलाइ लालपुर्जा दिन्छाै : प्रचण्ड

शेयेर गर्नुहोस

भजनी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाइ आफ्नो पालामा लालपुर्जा वितरण गर्ने बताउनु भएको छ ।

कैलालीको भजनी नगरपालिकाको नव निर्मित भवनको बुधबार उदघाटन गर्दै प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाइ लालपुर्जा दिने काम थालिसकिएको बताउदै उहाँले भन्नुभयाे ‘हामी गरिब ,भूमिहीन सुकुम्बासीको दीगो रूपमा समस्या समाधानको लागि लागि लागिपरेका छाै आउने चुनावसम्म देशभरका सुकुम्वासीलाई लालपूर्जा दिइनेछाै । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटै तहको निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताउनुभयाे ।

नेपाली काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन’ भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको उहाँले बताउनुभयो । ‘भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ’ उहाले भन्नुभयो , ‘त्यसका लागि अहिले सबै दलबीच राम्रो समझ्दारी बनेको छ।’ पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको भन्दै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने पनि बताउनुभयो ।

नेपाली जनताको लामो संघर्ष र बलिदानले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै उनले जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाइ लड्नुपरे पनि आफू तयार रहेको बताउनुभयाे। जनताको संघर्ष र बलिदानले स्थापित लोकतान्त्रिक गणतन्त्र ,जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्वहरु सडकमा उफ्रिदैमा जनताको शासन व्यवस्था खोस्नसक्ने अवस्था नरहेको उहाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
समाचार

मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी / नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाले मुटुरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली

अझै पढ्नुहोस्
राजनीति

गृह मन्त्रालयका १३ उपसचिवको सरुवा

सत्ति/ गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले बुधबार निजामती ऐन २०४९ को दफा १८ (क) बमोजिम उपसचिवको काज सरुवा गरेको हो

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ५ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे

अझै पढ्नुहोस्