सुकुम्बासी र अव्यवस्थित बसोवासीलाइ लालपुर्जा दिन्छाै : प्रचण्ड

शेयेर गर्नुहोस

भजनी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाइ आफ्नो पालामा लालपुर्जा वितरण गर्ने बताउनु भएको छ ।

कैलालीको भजनी नगरपालिकाको नव निर्मित भवनको बुधबार उदघाटन गर्दै प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाइ लालपुर्जा दिने काम थालिसकिएको बताउदै उहाँले भन्नुभयाे ‘हामी गरिब ,भूमिहीन सुकुम्बासीको दीगो रूपमा समस्या समाधानको लागि लागि लागिपरेका छाै आउने चुनावसम्म देशभरका सुकुम्वासीलाई लालपूर्जा दिइनेछाै । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वटै तहको निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताउनुभयाे ।

नेपाली काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन’ भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको उहाँले बताउनुभयो । ‘भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ’ उहाले भन्नुभयो , ‘त्यसका लागि अहिले सबै दलबीच राम्रो समझ्दारी बनेको छ।’ पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको भन्दै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने पनि बताउनुभयो ।

नेपाली जनताको लामो संघर्ष र बलिदानले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै उनले जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाइ लड्नुपरे पनि आफू तयार रहेको बताउनुभयाे। जनताको संघर्ष र बलिदानले स्थापित लोकतान्त्रिक गणतन्त्र ,जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्वहरु सडकमा उफ्रिदैमा जनताको शासन व्यवस्था खोस्नसक्ने अवस्था नरहेको उहाको भनाइ थियो ।

ताजा खबर

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा

अझै पढ्नुहोस्