TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

सिएमसीको आयोजनामा २ दिने तालिम शुरु

शेयेर गर्नुहोस

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम शुरु भएको छ ।

तालिमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)का सञ्चालक माधव प्रसाद जोशीले उद्दघाटन गर्नुभएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभा पतित्वमा भएको तालिम उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएको जोशीले सिएमसी कैलालीले स्थापनाकालदेखि सहकारी अभियानलाई अगाडि बढाउन उल्लेख्य योगदान दिइरहेको चर्चा गर्नुभयो ।

‘सहकारी संस्थामा कार्यरत व्यवस्थापक साथिहरु आवद्ध संस्था भएकोले यसले समग्र सहकारी अभियानका समस्यालाई राम्रोसँग बुझेर अगाडि बढिरहेको छ । त्यसैले क्लबले पक्कैपनि कैलालीको मात्र नभएर समग्र देशकै सहकारी अभियानलाई टेवा पुर्‍याउनेमा विश्वास गर्न सकिन्छ ।’–जोशीले भन्नुभयो । नेफ्स्कुनले स्थानिय पालिकाहरुसँगको सम्झौतामा आधारशिला कार्यक्रम मार्फत सहकारी क्षेत्रलाई सुधार गर्ने योजना अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।

सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्लबका सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदीले घोडाघोडी नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई राम्रो बनाउनको लागि आफ्नो तर्फबाट पुरा प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले नेफ्स्कुनले संचालनमा ल्याएको आधारशिला कार्यक्रमलाई घोडाघोडी नगरपालिकामा लागु गर्न समेत आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको छ । तालिममा कैलाली जिल्लाका २२ सहकारीका व्यवस्थापक तथा सहायक तहका कर्मचारीहरुको सहभागिता रहेको छ ।

शुक्रबार समापन हुने उक्त तालिममा पहिलो दिन प्रशिक्षकहरु लालबहादुर भण्डारी, नवराज न्यौपाने र विष्णु प्रसाद जोशीले सहजिकरण गर्नुभएको थियो । सिएमसी कैलालीले विशेष गरेर कैलाली जिल्लामा सहकारी शिक्षा तथा कर्मचारी तथा संचालकहरुका लागि आवश्यक विषयगत तालिमहरु संचालन गर्ने मुख्य उदेश्य रहेको सिएमसी कैलालीका अध्यक्ष जैशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

आज देशका केही ठाउँमा पानी पर्ने

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश

अझै पढ्नुहोस्
समाचार

अवैध रूपमा वन अतिक्रमण गरी सालका कडि बरामद

धनगढी/कैलालीको चुरे गाउँपालिका-२ अन्तर्गत रानीभुकुडा क्षेत्रमा अवैध रूपमा वन अतिक्रमण गरी सालका रुख काटिएको खुलेको छ। डिभिजन वन कार्यालय धनगढीको टोलीले विशेष सूचनाका आधारमा शनिबार

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে অনলাইন গেমিং এবং বেটিং এর জগতে Mostbet একটি জনপ্রিয় প্ল্যাটফর্ম। আপনি যদি সঠিক কৌশল

अझै पढ्नुहोस्