सिएमसीको आयोजनामा २ दिने तालिम शुरु

शेयेर गर्नुहोस

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम शुरु भएको छ ।

तालिमको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)का सञ्चालक माधव प्रसाद जोशीले उद्दघाटन गर्नुभएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभा पतित्वमा भएको तालिम उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएको जोशीले सिएमसी कैलालीले स्थापनाकालदेखि सहकारी अभियानलाई अगाडि बढाउन उल्लेख्य योगदान दिइरहेको चर्चा गर्नुभयो ।

‘सहकारी संस्थामा कार्यरत व्यवस्थापक साथिहरु आवद्ध संस्था भएकोले यसले समग्र सहकारी अभियानका समस्यालाई राम्रोसँग बुझेर अगाडि बढिरहेको छ । त्यसैले क्लबले पक्कैपनि कैलालीको मात्र नभएर समग्र देशकै सहकारी अभियानलाई टेवा पुर्‍याउनेमा विश्वास गर्न सकिन्छ ।’–जोशीले भन्नुभयो । नेफ्स्कुनले स्थानिय पालिकाहरुसँगको सम्झौतामा आधारशिला कार्यक्रम मार्फत सहकारी क्षेत्रलाई सुधार गर्ने योजना अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।

सिएमसी कैलालीका उपाध्यक्ष लालबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्लबका सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदीले घोडाघोडी नगरपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई राम्रो बनाउनको लागि आफ्नो तर्फबाट पुरा प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले नेफ्स्कुनले संचालनमा ल्याएको आधारशिला कार्यक्रमलाई घोडाघोडी नगरपालिकामा लागु गर्न समेत आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको छ । तालिममा कैलाली जिल्लाका २२ सहकारीका व्यवस्थापक तथा सहायक तहका कर्मचारीहरुको सहभागिता रहेको छ ।

शुक्रबार समापन हुने उक्त तालिममा पहिलो दिन प्रशिक्षकहरु लालबहादुर भण्डारी, नवराज न्यौपाने र विष्णु प्रसाद जोशीले सहजिकरण गर्नुभएको थियो । सिएमसी कैलालीले विशेष गरेर कैलाली जिल्लामा सहकारी शिक्षा तथा कर्मचारी तथा संचालकहरुका लागि आवश्यक विषयगत तालिमहरु संचालन गर्ने मुख्य उदेश्य रहेको सिएमसी कैलालीका अध्यक्ष जैशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सुरु

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा “डढेलोबाट बनलाइ जोगाऔवन जङ्गलमा डढेलो लाग्न नदिऔ “सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ

अझै पढ्नुहोस्
राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्
समाचार

जन्डिसका कारण टीकापुर ८ का ठकुल्लाकाे निधन

सत्ति /टीकापुर ८ का हरि ठकुल्लाकाे जन्डिसका कारण निधन भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ सत्ति स्थित नोबल पब्लिक स्कुल सत्तिका सस्थापक तथा

अझै पढ्नुहोस्
समाचार

ब्यवसायीको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गछौँः मन्त्री धामी

धनगढी/सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले ब्यवसायीहरुको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गर्ने बताएका छन् । नेपाल बन पैदावार उधोग ब्यवसायी

अझै पढ्नुहोस्