सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा रहेको तिल्कहनीपुर सामुदायिक वनको सभा हलमा सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।

तालिममा सव डिभिजन वन कार्यलय सुखडका प्रमुख सोम लाल घलानले वनमा कसरी आगालागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ।
आगलागीका कारण जलबायु परिवर्तन वातावरणमा चुनौती रहेको छ । कसरी वन डढेलोलाई कसरी रोकथाम गर्नु सङै न्यूनीकरण गर्ने , वन डढेलोले वार्षिने कतिको असर गरेको छ ,वन व्यवस्थापन कसरी गर्ने ,
प्रज्वलन सिल पर्दाथ कसरी तेसको व्यवस्थापन गर्ने ,
आगलागीको प्रकार सतही डढेलो जसले स साना बुट्यानहरु जलेर नोक्सान हुने हुदा समयमा नै यस्ता कार्यक्रम गर्ने पर्ने बताए ।

तालीममा सब डिभिजन वन कार्यलयका सुखडका ज्ञानु चौधरीले सहजीकरण गरेका थिए । तालीममा सब डिभिजन वन कार्यलय सुखड अन्तर्गत घोडाघोडी न. पा वडा ११ रहेका सामुदायिक वनका पदाधिकारिहरुलाई दिएको थियो ।


कार्यक्रममा बोल्दै ति सामुदायिक वनका सचिव शान्ती चौधरीले वन डढेलो सामुदायिक वनमा हुन नदिनका लागि समुहका उपभोक्ताहरुले आफ्नो वनमा तथा उपभोक्ताहरुलाई जनचेतना जगाउने , सिकारीहरुलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्ने बताए । कार्यक्रममा स्थलगत रुपमा आगलागी नियन्त्रणका लागि तिल्केहनी सामुदायिक आगलागी भैरहेको बेला नै नियन्त्रणमा लिइएको थियो ।
कार्यक्रम डिभिजन वन कार्यलय पहमानपुर सहयोगमा र सब डिभिजन वन कार्यालय सुखड आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पाँच बुँदे माग सहित मुख्यमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण पत्र

धनगढी/सामुदायिक वन उपभोक्ता समूह र साझेदारी वन उपभोक्ता समूहले विभिन्न ६ बुदे माग सहित सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र उधोग पर्यटन वन तथा वातावरण मन्त्रीललाइ ध्यानाकर्षण

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
राजनीति

सरकारमा सहभागी हुन प्रधानमन्त्रीको नागरिक उन्मुक्ति पार्टीलाई आग्रह

टीकापुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।शनिबार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहितका नेताहरुबिच भेटवार्ता

अझै पढ्नुहोस्
समाचार

पहाडी जिल्ला जोड्ने बाटो भत्किए पछि धनगढीमा तरकारीको मुल्य वृद्धि

धनगढी, / धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी लाग्ने हाटबजार आज शुक्रबार पनि बिहानै देखि लागेको थियो । आज लागेको हाटबजार अरु दिनको भन्दा फरकै रहेको थियो ।

अझै पढ्नुहोस्