सामुदायिक बनले दुनाटपरी उद्योग सन्चालन

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडीमा रहेको टेङ्गनुवा सामुदायिक बन उपभोक्ता समूह महिलाले दुनाटपरी उद्योग सञ्चालन गर्न थालेका छन् ।

सामुदायिक बनले स्थानिय महिलाहरुलाइ सामुदायिक बनको र बसन्ता सरक्षित बन कार्यक्रम  लगानीमा उद्योग संचालन गरका हुन् । धेरै लगानी पनि नलाग्ने आयआर्जन गर्न पनि अरुको भर पर्नु नपर्ने , र कच्चा पदार्थमा रुपमा  जंगलमा जती पनि सहजै पाईने सालका पातका दुनाटरी बनाउने उद्योगले राम्रो आम्दानी दिन थाले पछि उनीहरुले बताए ।

झण्डै २ लाख १५ हजारको लगानीमा  बैशाखको पहिला साता सामुदायिक बन उपभोक्ता समुहका ४० जना महिलाहरुले तालिम लियर उद्योग संचालन गरेका छन् । अहिले सामुदायिक बनले दुना टपरी उधोग सन्चालनमा ल्याए पछि महिलाहरु हौसियर काममा लागेको स्थानीय उपभोक्ता सन्जु क्षेत्रिले बताए ।

समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरि रहेका छन् ।  उनिहरु उद्योगबाट अहिले एक महिनामै आम्दानी लिन थाली सकेका छन् ।

टपरीको साइजअनुसार  २ रुपैयाँ देखि ५ रुपैयाँ सम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयले आफ्नै सामुदायिक बन बाट ल्याउने गरेका सामुदायिक बनको अध्यक्ष मैना ढकालले बताए । अहिले उद्योगमा दैनिक ५०० सय थान भन्दा बढी दुनाटपरी सम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए ।
 
प्रर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएकोले आफुहरुले यसले सामुदायिक बनको भबिस्यमा राम्रो आम्दानीको स्रोत हुने भएकाले आफुहरु यता तर्फ लागेको ढकालले बताए । गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा लगायत कार्यमा प्रयोग हुने सालको दुनाटपरी को प्रयोग हुने हाम्रो बनमा सालको पात खेर जाने गरेकोले यसरी सामुदायिक बन सरक्षण सङै सदुपयोग हुने बसन्ता सरक्षित बन परिषद अध्यक्ष पुस्कल बमले बताए ।

महिलाहरु साझ बिहान घरको काम पछि बचेको समय आजभोलि  सालका पात टिप्ने र टपरी बनाउने काम पाए पछि आफुहरुलाई आयआर्जन गर्न सहज भएको स्थानिय ललिता आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

जिबिको पार्जनको माध्यम बन्दै होमस्टे

जमुना न्युरे ,धनगढी / ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होम स्टे एउटा राम्रो बिकल्प पनि हो । होम स्टेको

अझै पढ्नुहोस्
समाचार

कोरानाको महामारिले पछि परेको होमस्टे माथी उकास्न लाग्छु : मन्त्री धामी

सुखड /होमस्टे स्वरोजगारका लागि राम्रो पाटो रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन । तिहार तथा छठ पर्वको अवसरमा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनसिंहपुर प्रवासी युवा समितिद्वारा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

धनसरा बुढा,टीकापुर/धनसिंहपुर प्रवासी युवा समितिद्वारा धनसिंहपुर स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । मंगलबार कैलालीको टीकापुर ८ का प्रवासी युवाहरुकाे आर्थिक सहयाेगमा खरिद गरिएको एम्बुलेन्स

अझै पढ्नुहोस्
समाचार

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि

अझै पढ्नुहोस्