TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्।

गत शुक्रबार सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्लाबाट ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा–२०८१ का साइकल यात्री डोटीको दिपायल–सिलगढी–झिक्राना हुँदै पर्यटकीय क्षेत्र खप्तड पाटनमा साइकलसहित साइकल यात्रीहरू पुगेका हुन्।

उनीहरुले एक रात खप्तड क्षेत्रमा बिताएर पुनः त्यहाँबाट फर्केका हुन्। उनीहरुले बुधबार बिहान कैलालीको खानीडाँडाबाट अर्को गन्तव्य तय गर्दै धनगढी पुगेका हुन्।

‘अमरगढी किल्लाबाट साइकल चढेरै डोटीको झिक्राना रुट हुँदै ३ दिनमा खप्तड पुगेर पुनः त्यही रुट हुँदै फर्कियौँ,’ साइकल यात्राका ज्येष्ठ नागरिक ६५ वर्षीय नन्दकुमार महर्जनले भने, ‘साइकल चलाउँदै खप्तडको मनोरम दृश्यावलोकन गरियो।’

सुदूरपश्चिम आएर साइकलमै खप्तड पुगौला भन्ने आफ्नो कुनै सोच तथा सपनासम्म नदेखेको बताउँदै उनले भने, ‘तर, सुदूरपश्चिम प्रदेशको पर्यटन इकाईले यो कार्यक्रम गरिदिँदा आज नसोचेको कुरा पूरा हुन गयो।’

साइकल यात्राका क्रममा सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रमा लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा राख्नुका साथै प्रचार प्रसार गर्ने उनले बताए। आफूले अहिलेसम्म घुमेका स्थान भन्दा भिन्नै र मनोरम दृश्य खप्तडमा रहेको उनले बताए।

‘खप्तड पर्यटनको विकासका धेरै सम्भावना बोकेको क्षेत्र रहेछ,’ उनले भने, ‘यहाँको भू बनोटले समथल पाटन, दहहरु, उकालो ओरालो बाटोहरुमा साइकल चढेर तथा बोकेरै जाँदा कठिन भए पनि खप्तड पुगेपछि भने सबै दुःख बिर्सिने रहेछ।’

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रमको प्रायोजनमा सिके रिचर्स एण्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौंको आयोजनामा अन्तर्राष्ट्रिय  साइकल यात्रा २०८१ तय गरिएको थियो।

साइकल यात्रीका माध्यमबाट सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नुका साथै प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय साइकल यात्राको आयोजना गरिएको सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा .लि काठमाडौँका प्रमुख छिन्डुम मेनक्पा भोटेले जानकारी दिए।

भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकल यात्रीहरू सहभागी रहेको यात्राले डडेल्धुराको अमरगढी किल्लादेखि खप्तड र कैलालीको पर्यटकीय क्षेत्र खानीडाँडादेखि धनगढीसम्मको रुटको प्रचार प्रसार हुने पर्यटन कार्यान्वयन इकाईका निमित्त प्रमुख डबलबहादुर बोहोराले बताए।

उनले भने, ‘स्वस्थ जीवनका लागि साइकिलिङ आवश्यक रहेको र सुदूरपश्चिमेलीहरुलाई साइकिलिङकै माध्यमबाट धार्मिक तथा पर्यटकीय क्षेत्रमा टेवा पुगाउन सकिन्छ भन्ने सन्देश पनि यो यात्राले दिएको छ।’
धनगढिमा साइकल यात्रीहरुलाइ बिदाइ तथा सम्मान गर्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब जिवनाथ पौडेलले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटन स्थलहरुको पहिचान र प्रचारप्रसार गर्न हामिले प्रयास गरेका छौ , भु स्वर्गको रुपमा रहेको खप्तडमा गोरेटो बाटो तथा बास बस्नका लागि वातावरण मैत्री होमस्टे तथा होटेल बनाउनका लागि आफुहरु आगामी कार्यक्रम बनाउने , सुदूरपश्चिममा पर्यटनलाई एक उधमको रुपमा बिकास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

तिहारपछि प्रदेश निजामती कर्मचारी नियमावली बन्छ : मुख्यमन्त्री शाह

धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसंगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।आइतबारदेखि शुरु भएको जिल्ला समन्वय

अझै पढ्नुहोस्