सहारा युवा क्लबले गर्‍यो अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम

शेयेर गर्नुहोस


सुखड /कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ । “बालबालिकालाई खेलकुदमा लगाऔँ, लागु औषध दुर्व्यसन भगाऔँ” भन्ने मूल नाराको साथमा इलाका प्रहरी कार्यालय सुखडको सहकार्य र सहारा युवा क्लबले कार्यक्रम गरेको हो । लागु औषध सेवन तथा दुर्व्यसनीबाट युवालाई बचाउने लक्ष्यका साथ कार्यक्रम गरिएको सहारा युवा क्लबले जनाएको छ ।

कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले गरेका थिए । उहाँले लागु औषधको बारेमा जानकारी, दण्ड, कानुनी सजाय, जरिवाना, लागु औषधरमादक पदार्थको दुर्व्यसनीबाट बच्ने उपायहरू, यसका लक्षणहरू र अभिभावकले ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिएका थिए । लागु पदार्थको सेवन कर्ताहरूको चेतना अभिवृद्धि र मनोभावना हुने आपराधिक मानसिकता बढी हुने र यसले गर्दा समाजमा अपराधहरू बढ्ने गरेको उनको भनाई थियो ।

लागु पदार्थको प्रयोगले शारीरिक, मानसिक, सामाजिक, आर्थिक लगायत सबै कुरामा हानी नै पु¥याउँने हुँदा यस बाट आफू पनि बचौँ र अरूलाई पनि बचाउ सबै जना लाग्नु पर्ने ९डिएसपी० वीरेन्द्र वीर विश्वकर्माको आग्रह थियो । सहारा युवा क्लबका अध्यक्ष निर्मल मिश्रको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेको थिए ।

त्यसै विशिष्ट अतिथिमा वडा नम्बर १० का वडा अध्यक्ष विजय स्वार र इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्मा रहेका थिए । कार्यक्रममा घोडाघोडी जेसिजका वर्ष २०२४ का अध्यक्ष दीपक चन्द, युवाहरू, बालबालिकाहरू, समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन आकाश परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !