सहारा युवा क्लबले गर्‍यो अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम

शेयेर गर्नुहोस


सुखड /कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ । “बालबालिकालाई खेलकुदमा लगाऔँ, लागु औषध दुर्व्यसन भगाऔँ” भन्ने मूल नाराको साथमा इलाका प्रहरी कार्यालय सुखडको सहकार्य र सहारा युवा क्लबले कार्यक्रम गरेको हो । लागु औषध सेवन तथा दुर्व्यसनीबाट युवालाई बचाउने लक्ष्यका साथ कार्यक्रम गरिएको सहारा युवा क्लबले जनाएको छ ।

कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले गरेका थिए । उहाँले लागु औषधको बारेमा जानकारी, दण्ड, कानुनी सजाय, जरिवाना, लागु औषधरमादक पदार्थको दुर्व्यसनीबाट बच्ने उपायहरू, यसका लक्षणहरू र अभिभावकले ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिएका थिए । लागु पदार्थको सेवन कर्ताहरूको चेतना अभिवृद्धि र मनोभावना हुने आपराधिक मानसिकता बढी हुने र यसले गर्दा समाजमा अपराधहरू बढ्ने गरेको उनको भनाई थियो ।

लागु पदार्थको प्रयोगले शारीरिक, मानसिक, सामाजिक, आर्थिक लगायत सबै कुरामा हानी नै पु¥याउँने हुँदा यस बाट आफू पनि बचौँ र अरूलाई पनि बचाउ सबै जना लाग्नु पर्ने ९डिएसपी० वीरेन्द्र वीर विश्वकर्माको आग्रह थियो । सहारा युवा क्लबका अध्यक्ष निर्मल मिश्रको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेको थिए ।

त्यसै विशिष्ट अतिथिमा वडा नम्बर १० का वडा अध्यक्ष विजय स्वार र इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्मा रहेका थिए । कार्यक्रममा घोडाघोडी जेसिजका वर्ष २०२४ का अध्यक्ष दीपक चन्द, युवाहरू, बालबालिकाहरू, समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन आकाश परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक सहकारी संस्थाले ६० लाख बडी नाफा कमाउन सफल

मान बहादुर ठकुल्लाटीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ । शनिबार सत्तीमा सहकारी संस्थाकाे २१ ओै वार्षिक साधारणसभा

अझै पढ्नुहोस्
समाचार

वर्षा र बाढिलेे भिजेका धानवालि भित्र्याउन कृषकलाई हताराे (भिडियो सहित)

टीकापुर / केैलाली लगायत देशका बिभिन्न क्षेत्रमा लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेका धान बाेटमै उम्रन थालेपछि कृषकलाई धानवालि भित्र्याउन हताराे परेकाे छ

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय

अझै पढ्नुहोस्
समाचार

होटल जेउनासको उद्घाटन (फोटोफिचर)

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको

अझै पढ्नुहोस्